
सप्तरी १५, कात्तिक । कांग्रेस नेता विजय गच्छदार नेतृत्वको पूर्वपार्टी नेपाल लोकतान्त्रिक फोरमको सिंगो सप्तरी जिल्ला कार्यसमिति संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ ।
जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य शैलेस कुमार चौधरीको नेतृत्वमा लोकतान्त्रिक फोरम सप्तरीमा आबद्ध सम्पूर्ण पदाधिकारीसहित तीन सयको संख्यामा कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।
बुधबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता तथा कार्यकर्तालाई टिका लगाएर स्वागत गरेका छन् । लोकतान्त्रिक फोरमका सहसचिव सुरेन्द्र प्रसाद गुप्ता, जिल्ला सदस्य रामकृष्ण मुखिया, बबिता देवी सरदार लगायतको समूह फोरम नेपालमा आबद्ध भएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेसँगै नेपाल लोकतान्त्रिक फोरम छिन्नभिन्न भएको छ । गच्छदारसँगै केही नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपनि बाकी असन्तुष्ट बनेका अधिकांश नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् ।
Facebook Comments