Loading...
म्यादीमा भर्ना हुन आयो नया तरिका, सेक्स गर्नेहरुलाई प्रक्रिया विना नै म्यादीमा भर्ना

उत्तरपुस्तिकालाई भरेको दिएको भिडियो र तस्विर भईरल भईरहेको छ । त्यो भिडियो महानगरिय प्रहरी परिसर भक्तपुरमा हवल्दार शैलेन्द्र बस्नेत र सिपाही कुमार श्रेष्ठ हो । त्यो भिडियो र तस्विर हो व्रहाण्डी खेल मैदान भक्तपुरको ।
म्यादी भर्ना छनोटमा प्रहरीबाटै यस्तो हुदाँ समेत सम्वधित निकायबाटै यतिसम्म नालायक हुदाँ समेत स्थानिय प्रशासनले दोषीमाथी कार्हवाही गर्ने आट गरेको छैन्न् । महानगरिय प्रहरी परिसर भक्तपुरले उल्टै म्यादी प्रहरीहरुलाई तालिममा समेत प्रत्यक्ष रुपमा जिम्मेवारी दिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत हवल्दार वस्नेत र असई कुमार श्रेष्ठले छनोट स्थलमै गएर पैसा लिएका र सेक्स गर्नेहरुलाई छनोट विना नै भर्ना गराएका तथ्य समेत फेला छ ।
स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरी छनोटमा घुस खानेदेखी सेक्स काण्डसम्म लफडा समेत भोगेका बस्नेत र श्रेष्ठले महानगरिय प्रहरी परिसर भक्तपुरले म्यादी प्रहरी भर्ना छनोट प्रकृयामा समावेश नै नगरी पाँच हजार देखी दश हजारसम्म लिएको पाईएको छ । केहीयता विभिन्न बाहनामा त्रसित बनाएर ति एकल महिलालाई भर्नामा सहयोग गर्ने बाहनामा पटक पटक यौन सम्र्पक गरेको पीडितले नाम नबन्ने शर्तमा मेरोजिल्ला डट कम लाई बताईन् ।
उनले भनिन् यसरी कतै उजुरी गर्दा समाजमै बदमान हुने डरले कतै उजुरी नदिएका बताईन् । म्यादी प्रहरी मै भर्ना भएका अर्का एक युवकले भने हामीहरु धेरै पाँचदेखी देश हजारसम्म बुझाएर छनोटमा परेको बताए । उनीहरुले पैसा हाकिमलाई समेत दिनुपर्ने कता पैसा दिएको भने तरुन्तै तालिमबाटै निकाल्ने धम्की दिने गरेको बताए ।
म्यादी प्रहरी छनोटमा सहभागी एक प्रहरीले भने म्यादी प्रहरी छनोटमा प्रहरी उच्च स्रोतदेखी सिडिओले समेत आफन्त भएको भनेर भर्ना गरेको बताए । उनले भने अधिकाशं प्रहरीकै आफन्त र श्रीमती भएकाले कोटा प्रणाली विधि अपनाएको बताए । भक्तपुर प्रहरीले भक्तपुरमै कोटा प्रणाली नै जस्तो गरेर प्राय धेरै प्रहरीहरुकै श्रीमतीहरु म्यादी प्रहरीमा भर्ना भएका छन् । भक्तपुरका केहि पत्रकारका श्रीमती र आफन्त भर्नाको लागी सिडियो र एस्पी कार्यालय धाएका थिए ।
यस विषयमा भक्तपुरको सिडियो द्रोण पोखरेल र महानरिय प्रहरी परिसर एस्पी किरण राणालाई प्रतिक्रया लिन खोज्दा केहि जवाफ दिन चाहाएन्न् । यसै विषयमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जय बहादुर चन्द्रले जिल्लामा म्यादी प्रहरी छनोटमा सिडिओ अध्यक्ष रहने कार्यविधि रहेकाले त्यसको छनविन समेत सिडिओ मतहतले गर्ने हुदाँ त्यसमा दोषीलाई कार्हवाही गर्ने अधिकार समेत सिडिओलाइृ नदिएको कार्हबाही गर्ने आफुले नमिल्ने बताए ।
आसन्न प्रदेश र प्रतिनिधि चुनावको लागी ६ सय म्यादी प्रहरी छनोट भएका छन् ।

साभार मेरो जिल्ला डटकम, फाइल तस्बिर/rajaneeti.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *