Loading...
ओलीलाई हराउन कांग्रेसबाट अधिकारीले देखायो हिम्मत, यसकारण अधिकारीले हराउन सक्छ

काठमाडौं । झापा क्षेत्र नं. ५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कांग्रेसका डा. खगेन्द्र अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।

साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर उनी प्रतिनिधिसभा सदस्यमा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध चुनाव लड्न टिकट लिएर झापा प्रस्थान गरेका हुन् । कांग्रेसको संसदीय समितिको बैठकले उनलाई बुधबार अपराह्न मात्रै टिकट दिएको हो । अधिकारी त्रिचन्द्र कलेजमा प्राध्यापक थिए ।

विसं. ३१ सालमा झापमा जन्मिएका ४३ वर्षीय डा. अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन् ।

डा. अधिकारीले कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि सुरु गरेका हुन् । उनी त्यसवेला झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष थिए ।

पछि ०५७ सालदेखि उनले प्राध्यापन पेशा सुरु गरे । उनी अहिले कांग्रेसको महासमिति सदस्य छन् । यसअघि उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य समेत बनेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *