
काठमाडौँ, १६ कार्तिक काठमाडौँको पुस्पलालपथस्थित सङ्घीय समाजवादी फोरम, नेपालको जिल्ला कार्यालयमा भएको एक कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी सङ्घीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा सङ्घीय समाजवादीका सहअध्यक्ष तथा पार्टीको निर्वाचन परिचालन समितिका संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै ससफो नेपाल उत्पीडित समुदायको लागि ुन्यानो काखु भएको बताए । उनले बर्तमान परिस्थितिमा एमाले(माओवादी गठबन्धनले देशको समस्या समाधान नगर्ने भन्दै उक्त गठबन्धन ुसर्प र भ्यागुताको गठबन्धनु जस्तो भएको बताए ।
उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले संविधानको पुनर्लेखन तथा संशोधनको विषयसँगै पहिचान सहितको सङ्घीयता, समतामुलक समृद्धि र सुशासनको विषयलाई तीन मुख्य एजेण्डाको रूपमा उठाउने बताए । उनले देशव्यापी रूपमा पार्टीमा भइरहेको प्रवेशको लहरले आफ्नो पार्टी मुलुकको नयाँ राजनीतिक विकल्पको रूपमा उदय हुने निश्चित भएको बताए ।
कार्यक्रममा पार्टी राजनीतिक समितिका सदस्य डा महेशमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा नेवाः प्रदेश समितिका सहइन्चार्ज लाल वहादुर तामाङ, काठमाडौँ जिल्ला इन्चार्ज रमेशचन्द्र प्रधान, सहइन्चार्ज पवित्र बज्राचार्य, केन्द्रीय सदस्य विष्णुजङ्ग बस्नेत, रिता अग्रवाल, केन्द्रीय सल्लाहकार मोहन वहादुर महर्जन, केन्द्रीय अनुशासन समितिका सदस्य विनोद श्रेष्ठ, नेवाः प्रदेश समितिका मुख्य सचिव सन्तोष सिलवाल, काठमाडौँ जिल्ला समिति अध्यक्ष मनरत्न शाक्य, नेपाल उद्योग तथा व्यवसाय महासङ्घका अध्यक्ष राधाकृष्ण महर्जन, केन्द्रीय पार्षद बिना सिन्हा, सङ्घीय समाजवादी नेवा सङ्घका अध्यक्ष सत्य नारायण डंगोल, उपाध्यक्ष शेष नारायण महर्जन, महासचिव सुदय शिलाकार, जिल्ला उपाध्यक्ष सहरमान राई लगायतका नेताहरू उपस्थित थिए भने नेकपा ९एमाले० का आकाश थापा, लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य चेली लक्ष्मी राई, राष्ट्रिय जन प्रजातान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रामलाल श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरू ससफो नेपालमा प्रवेश गरेका थिए । उक्त कार्यक्रममा नव प्रवेशीहरूले ससफो नेपाल नै अव मुलुक हाँक्ने नयाँ राजनीतिक शक्ति हुने विश्वास व्यक्त गरे ।
nepalnewsbox.com
Facebook Comments