Loading...
भाबुक हुदै उपेन्द्र यादवले भने “सप्तरी मेरो जन्मभूमि हो, यो ठाउँसँग मेरो गहिरो माया छ”

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी आफ्नो जन्मभूमि भएकोले यो ठाउँसँग गहिरो माया र नाता रहेको बताएका छन् ।

जन्मभूमि सप्तरीप्रतिको मायालाई प्रष्फूटित गर्न यहाँबाट उम्मेदबारी दिन लागेको यादवले बताए । ‘यसपटक आफ्नो मायालाई प्रष्टफुटित गर्न यहाँबाट उम्मेदवारी दिँदैछु’– अध्यक्ष यादवले भने,– ‘सप्तरी मेरो जन्मभूमि हो । र, यहाँका जनतासँग मेरो प्रेम छ ।’

यसपटकको चुनाव अन्य गठबन्धनका लागि चुनाव भएपनि आफूहरुको लागि युद्व भएको बताउँदै यो युद्वमा सघाउन उनले सम्पूर्ण सप्तरीबासीसँग आग्रह गरेका छन् ।

अध्यक्ष यादव सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि बिहिबार उम्मेदबारी दिन लागेका छन् ।

बुधबार सप्तरीको राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शैलेश चौधरीसहितका नेता र कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् ।

गच्छदार कांग्रेसमा बिलय भएपछि रुष्ट बनेका चौधरीसहित सप्तरीका अधिकांश कार्यसमितिका पदाधिकारी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *