Loading...
लोकमानले तयार पारेको भ्रष्ट नेताहरुको गोप्य फाइल अख्तियारले खोल्दै, नेताहरु जेल जादै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगको लोकमानसिंह कार्कीले तयार पारेको गोप्य फाइल फेरि अगाडि बढाउने तयारी गरेका छन् ।

अख्तियार उच्च स्रोतका अनुसार दीपकुमार बस्न्यातले निर्वाचनमा भ्रष्टाचारीहरूले धमाधम उम्मेदवारी दिएर मुलुकलाई बर्बादीतर्फ लैजाने खतरा बढेपछि अख्तियार प्रमुख बस्न्यातले भ्रष्टाचारको गोप्य फाइललाई कारबाहीमा लैजाने तयारी गरेका हुन् ।

लोकमानसिंह कार्कीले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने भनेर गोप्य फाइल र नेताहरूको लामो सूची तयार पारेपछि एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेर लोकमानलाई महाभियोग लगाई पदबाट हटाएका थिए । ओली र दाहालको अभियानमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पनि सहयोग गरेकी थिइन् ।

भ्रष्टाचार अभियोगमा नेकपा एमाले ९ जना, माओवादी केन्द्रका ११ जना, नेपाली काँग्रेसका १० जना र राजपाका ६ जना नेताहरुको नाम रहेको उच्चश्रोतको दाबी छ । त्यस्तै, केहि पत्रकार र दर्जनौ ब्यापारीहरु पनि पर्ने पक्का रहेको श्रोतले दाबी गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *