Loading...
राजेन्द्र महतोलाइ हराउन बिमलेन्द्र निधिको कनेक्सन जेलदेखी भारतिय दुतावास सम्म

अनेकौ प्रयास गर्दा समेत राष्ट्रिय जनता पार्टि र नेपाली कांग्रेसको चुनावी तालमेल बिफल भएको छ । धनुषाको क्षेत्र नम्वर ३ मा उम्मेद्वाी टुङ्गो लगाउने बेलामा दुई दलका शिर्ष नेताबिच कुरा नमिल्दा दुई पार्टिबिचकै चुनाबी तालेमेल बिफल भएको हो । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टिका अध्यक्ष राजेन्द्र महतो दुवैले एकै क्षेत्रवाट चुनाव लड्ने अडान लिएका कारण पनि तालमेल हुन नसकको कांग्रेस श्रोतले बताएको छ ।

राजेन्द्र महतोले धनुषाको क्षेत्र नं ३ का लगि प्रतिनीधी सभाको उम्मेद्वारीवाट पछि नहटेपछि यो क्षेत्रमा जसरी भएपनि जित्न निधीले हात धोएरै लागेको छन् । निधीले अझै पनि महतोलाई उम्मेद्वारी फिर्ता गराउन भरपुर प्रयास गरिरहेको श्रोतको भनाई छ । दुवै जना यो क्षेत्रका प्रभावशाली नेता मानीन्छन् ।

यदि महतोले उम्मेद्वारी फिर्ता नलिएपनि जित आफ्नै पोल्टामा पार्न निधीले हदै सम्मको हर्कत देखाउन समेत थालेको बताइएको छ ।
विमलेन्द्र निधि यसअघि पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए । अर्थात् उनको गृह चुनावी क्षेत्र हो । तर राजेन्द्र महतो यसअघिको चुनावमा हारेका हुन् र उनको चुनावी क्षेत्र सर्लाही रहेको छ ।

निधि स्थानीय जिल्लावासी भएको र महतो अन्तर जिल्लाको भएको नाराले पनि निधिलाई फाईदा पुग्ने सम्भावना देखिन्छ ।

यता संजय साहले जेलबाटै महतोलाई हराउन रंगिलालाई चुनावमा उठाएको स्थानीय नेताहरु बताउँछन्् । केही दिन अघि महतोले संजयलाई भेट्न जेल पुगेको बेला संजयले महतोलाई पत्नी रंगिलालाई राजपाको उपाध्यक्ष बनाइदिन प्रस्ताव गरेका थिए । पत्नी रंगीलालाई राजपाको उपाध्यक्ष बनाएको खण्डमा महतोलाई चुनावमा सहयोग गरि चुनाव जिताइदिने संजयले बताएको तर महतो लगायत राजपाका अन्य नेताहरुले उक्त प्रस्ताव अस्वीकार गरिदिएपछि संजय साहले जेलबाटै महतोलाई चुनाव हराउने खेल सुरु गरेको स्रोतको दाबी छ ।

यता रघुवीर महासेठको पनि संजय साहसँग कनेक्सन देखिएको छ । स्रोतका अनुसार रघुवीर महासेठ संजय साह निर्वा्चित भएको धनुषा ४ बाट लड्ने भएपछि संजयले महासेठलाई चुनावमा सहयोग गर्ने वचन दिएको तर त्यसको बदलामा राजेन्द्र महतोलाई धनुषा–३ बाट हराउन महासेठ पत्नी जुलीलाई चुनाव लडाउनु पर्ने प्रस्ताव गरे । महासेठले सो प्रस्ताव स्वीकार गर्दै सोही सम्झौता अनुरुप जुलीलाई ३ बाट चुनाव लडाएको बताइएको छ ।

महतोलाई भारतीय दुतावासको दबाब
यता उक्त क्षेत्रबाट महतोलाई चुनाव नलड्ी निधिलाई जितको बाटो खोलिदिन चौतर्फी दबाब थियो । महतोलाई उक्त क्षेत्रबाट चुनाव नलड्न भारतीय दुतावास समेतले दबाब दिएको स्वयं महतोले आफ्ना निटका सहयोगीहरुलाई सुनाउने गरेको स्रोत बताउँछ । तर महतोले उक्त दबाबलाई नटेरी सोही क्षेत्रबाट चुनाव लड्ने निष्कर्षमा पुगेका हुन् ।

राजपा स्रोतका अनुसार निधि स्वयंले भारतीय दुतावास मार्फत महतोलाई उक्त क्षेत्र छोड्न दबाब दिन लगाएका थिए ।

purbanepal.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *