Loading...
उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यकालागि सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट दिए उम्मेदबारी

काठमाडौं १६, कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदबारी दर्ता गराएका छन् ।

आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको लागि यादवले आज बिहिबार निर्वाचन आयोगको कार्यालय सप्तरी पुगेर आफ्नो उम्मेदबारी दर्ता गराएका छन् ।

जन्मभूमि समेत रहेको सप्तरीबाट फोरम नेपालका अध्यक्ष यादवले पहिलो पटक प्रतिनिधि सभा सदस्यको लागि उम्मेदबारी दिएका हुन् । यसअघि उनले सुनसरीबाट सभाषद् पदमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगको कार्यालयमा उम्मेदबारी दर्ता गराउँदै अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले गर्दा सप्तरीबाट उम्मेदबारी दिएको प्रतिक्रिया दिएका छन् । संघीय समाजवादी फोरम नेपाल सप्तरीको ब्यानरमा नेता कार्यकर्ता र समर्थकसहित दिउँसो दुई बजे उम्मेदबारी मनोनयन दर्ताका लागि यादव निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

फोरम नेपालका अध्यक्ष यादवलाई सप्तरीमा राष्ट्रिय जनता पार्टीले समर्थन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *