
१६ कात्तिक,। सुनसरीमा बामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले आफ्ना विरुद्ध पार्टीभित्रका दोधारे नेताहरु आफूलाई सिध्याउने खेल खेल्न लागेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको चरम बिरोध शुरु भएपछि आचार्य आज उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् ।
आचार्यमाथि एमालेले सधैं जित्दै आएको सुनसरी २ माओवादीलाई दिलाएको आरोप लगाएको छ । इटहरी उपमहानगरसहित एमालेले जितेका क्षेत्र समेटिएको सो क्षेत्रमा यसअघि निर्वाचित सांसद रेवतीरमण भण्डारीलाई रोक्न आचार्यले जनमतमा कमजोर रहेको माओवादीलाई दिलाएको आरोप लागेको छ ।
Facebook Comments