
नरेन्द्र साह,रौतहट, कार्तिक १६ नेकपा माओवादी केन्द्रका संयोजक तथा शहरी विकास मन्त्री प्रभु साहले रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको उम्मेदवगारी दर्ता गराएका छन् । उनले बाम गठबन्धनको रयालीको नेतृत्व गर्दै निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताको क्रममा आयोजित बृहत रयालीमा प्रभु साहको साथमा कटहरिया नगरपालिकाको मेयर सिया राम कुशवाहा फिरोज र बिधान सभाका उम्मेदवार कुंदन कुशवाहा पनि थिए ।
Facebook Comments