Loading...
दुख पाउनुछ वा धोका खानुछ भने एमालेमा गए हुन्छ, बल्ल बुझ्दैछु एमाले कस्तोछ-कोमल वली

काठमाडौं। राप्रपा छोडेर नेकपा एमालेमा प्रवेश गरेकी गायिका कोमल वलीले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। एमालेले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक सूचीमा नराखेपछि कोमलले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। वलीले साढे ४ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेको बताइन्।

उम्मेदवारी दर्ता गरेपछि वलीले भनिन्,‘एमालेले मलाई धोका दिएकाले मैले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुँ। मलाई विश्वास छ, मलाई मत दिएर जिताउनु हुनेछ।’

एमालेले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाउने भन्दै वलीलाई पार्टी प्रवेश गराएको थियो।अन्तिम समयमा एमालेले प्रत्यक्षमा टिकट दिन नसकिने बताउँदै वलीलाई समानुपातिक सूचीमा राख्ने बताएको थियो। तर, समानुपातिक सूचीमा पनि एमालेले नराखेपछि स्वतन्त्र उम्मेदवारी दिएको वलीले बताइन्।

‘मलाई पहिले नै केही मान्छेले भनेका थिए कि एमालेले धोका दिन्छ भनेर। तर, मैले अहिले बल्ल बुझ्दै छु,’ उनले भनिन्।

गत फागुनमा भएको राप्रपाको एकता महाधिवेशनबाट वली केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्। महाधिवेशन भएको ६ महिना नपुग्दै राप्रपा फुटेपछि वली एमाले प्रवेश गरेकी हुन्। वलीलाई असोज दोस्रो साता दाङको घोराहीमा आयोजित भव्य कार्यक्रमकाबीच वलीलाई एमाले उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा भित्र्याएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *