Loading...
बागीका कारण माधव नेपालको बिपीहाइ, बागीले भने “कार्यकर्ता हेप्नेले जित्नुभन्दा काँग्रेसनै वेश”

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मंसिर २१ गतेको प्रतिनिधि सभाको निर्वाचन निकै टाउको दुखाइ भएको छ। उनकै पार्टीका बागी उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले उम्मेदवारी दिएपछि काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार नेपाललाई टाउको दुखाइ भएको हो ।

०६४ को निर्वाचनमा काठमाडौं र रौतहटमै हार अनि ०७० को निर्वाचनमा दुवै ठाउँमा जित हासिल गरेका नेपाललाई यसपटक एक उम्मेदवारले एक ठाउँबाट मात्र चुनाव लड्न पाउने कानुन बनेपछि समस्या भएको हो ।

एमाले कार्यकर्ताहरुमा काठमाडौंका एमालेमध्ये केहीलाईमात्र काखी च्यापेर हिंड्ने सिद्धान्त बोकेको भन्ने आरोप माधव नेपाललाई लाग्दै आएको छ ।

शङखरापुर नगरपालिका निवासी श्रेष्ठले पार्टी नेतृत्वले सधै हेपाहा प्रवृत्ति राख्ने गरेकाले पनि आफू चुनावमा वाध्य भएर उत्रनु परेको हाम्राकुरालाई बताए ।

उनले शङखरापुरले पार्टीलाई खुवै मद्धत गरेको तर कहिल्यै पनि पार्टीले शङ्खरापुरलाई वास्ता नगरेको बताए ।

भेट्रान नेतासंग चुनाव लड्न सकिन्छ त भन्ने प्रश्नमा उनले भने ‘मैले कमरेड नेपाललाई हराउँछु भनेर चुनावमा लडेको होइन, तर मैले पनि सम्मानजनक मत पाउँछु यसमा कुनै शंका छैन ।’

विपक्षी दलको उम्मेदवारलाई फाइदा पुग्ने हो कि भन्ने प्रश्नमा उनले स्पष्ट भने, ‘कार्यकर्ता माया नगर्ने पार्टीले जित्नुभन्दा त काँग्रेसले जितेकै वेश ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *