Loading...
बिजुक्छेले उम्मेदवारी किन दिएन ? वाम गठबन्धन सत्ताकालागि मात्रभएको बिजुक्छेको आरोप

भक्तपुर । नेपाल मजदुर किसानका अध्यक्ष नारयाणमान बिजुक्छेंले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।

रफत सञ्चार क्बलद्वारा शुक्रवार भक्तपुरमा आयोजित अन्तरक्रियामा उनले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताएका हुन् । उनले नयाँ पुस्तापनि जिम्मेवारी बहन गर्न सक्षम रहेका कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरिएको बताए ।

बिजुक्छेले नेपालको राष्ट्रिय राजनीतिले बाटो विराउँदै गएको वर्तमान अबस्थामा पार्टी विस्तारभन्दा पनि आफू र आफ्नो पार्टीले सैदान्तिक र गुणात्मक विषयको उठाउन गर्दै अग्रसरता जनाउँने बताए ।

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमिा सक्रियरुपमा रहने उनले बताए । बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका एमाले र माओवादी केन्द्र सत्ताका लागि मात्र गठबन्ध गरेको आरोप लगाए । ‘यो गठबन्धनभित्र नै आन्तरिक कलह भैरहेकोले यसले दीर्घकालीन रुप लिन सक्दैन’, उनले भने ।

गठबन्धले देशमा दुई पार्टीको रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीको रुपमा राजनीतिक दलहरू आए झनै राजनीतिक भद्रगोल हुने बताए । उनले भने, ‘थ्रेस होल्डले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *