
रामेछाप । कार्तिक १७ गते,
रामेछाप जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ख का संघिय समाजवादी फोरम नेपालका उम्मेदवार रामबहादुर तामाङको अवस्था गम्भिर भएपछि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । आगामि मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा तथा प्रदेशससभा निर्वाचनको प्रचार प्रसारमा हिडेका तामाङको स्वास्थ्यमा एकाएक समस्या आएपछि शुक्रबार उपचारको लागि काठमाण्डौं लगिएको हो । प्रचरप्रसारका क्रममा हिडेका तामाङको बिहिबार देखिनै स्वास्थ्यमा सामान्य समस्या आएको थियो ।
उनले रामेछापको सदरमुकाम मन्थलीमा रहेको सामुदायिक अस्पतालमा शुक्रबार बिहान उपचार गराएका थिए । स्वास्थ्य परिक्षण गरि सामुदायिक अस्पताल मन्थलीले दिएको औषधि सेवनपछि तामाङ बेहोस भएपछि उनलई हेलिकप्टर मार्फत काठमाण्डौको टिचिङ अस्पताल पठाईएको संघिय समाजवादी फोर नेपाल रामेछापका अध्यक्ष सोनाम तामाङले बताए । हेलिकप्टर मार्फत काठमाण्डौ पठाउने बेलामा तामाङको अवस्था गम्भिर रहेको उनको भनाई छ । आगामि मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि तामाङ सहित १७ जना प्रदेशसभाका लागि चुनावी मैदानमा छन् । त्यसैगरी १२ जना प्रतिनिधिसभाका लागि मैदानमा छन् । चुनावी अभियानलाई तिव्रता दिईरहेको समयमा भएको यो घटनाले संघिय समाजवादी फोरम नेपाल रामेछापका नेता कार्यकर्तामा निराशता ल्याएको छ
tamakoshionline
Facebook Comments