
कार्तिक १६। कांग्रेस नेता अमरेश कुमार सिंहको किल्लाका रुपमा रहेको सर्लाही क्षेत्र नं. ४ यसपटक राजपामय बन्दै गएको छ । हुन त २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई पराजित गरे पछि सर्लाहीको यो क्षेत्र एकाएक अमरेशको किल्लाको रुपमा चित्रित गर्न थालिएको हो ।
गत असोजमा सम्पन्न स्थानीय निर्वाचनमा अमरेशकै नगरपालिका बलरा नगरपालिकामा राजपाका अभय कुमार सिंहले कांग्रेसका कमलेश्वर प्रसाद सिन्हालाई पराजित गरेका थिए । अमरेशलाई बलरालाई प्रतिष्ठाको विषय बनाएका थिए ।
निर्वाचनको अघिल्लो दिन असोज १ गते अमरेशका अंगरक्षकले राजपा कार्यकर्तामाथि गोली समेत चलाएका थिए ।
सर्लाही ४ मा पर्ने गोडैता नगरपालिकामा पनि राजपाले नै विजय हासिल गरेको थियो भने रामनगर बौहरवा गाउँपालिका, धनकौल गाउँपालिकामा कांग्रेसले जीत हासिल गरेको थियो ।
@halkhabar
Facebook Comments