Loading...
जनजातिको छोरो अपहेलित, बामको बिरोध गरेका गोपाल किराती समानुपातिकमा समेत परेनन्
काठमाडौं । पार्टी एकताविरुद्धमा उत्रिएका कारण माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टीबाट टिकट नै पाएनन् । आगामी मंसिरमा हुने निर्वाचनका लागि किरातीले न प्रत्यक्ष निर्वाचनका लागि टिकट पाएन न त पार्टीले उनलाई समानुपातिक उम्मेदवारको सूचीमा नै राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले ‘नक्कली कम्युनिष्ट’ नेकपा एमालेसँग पार्टी एकता गर्न लागेको भन्दै उनीण् सुरुमा पार्टी एकताको विपक्षमा खरो रुपमा उभिएका थिए ।
तर हाल उनले पार्टी एकतालाई स्वीकार गरेको भए पनि समानुपातिकमा समेत उनको नाम अटेन । पूर्वमन्त्री समेत रहेका किरातीको नाम माओवादी केन्द्रले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सुचीमा परेको छैन । माओवादी केन्द्रले समानुपातिक निर्वाचन अनुरुप प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० जनाको नाम आयोगमा बुझाएको छ । तर दुवै सभामा उनको नाम परेको छैन । गोपाल किरातीको नाम समानुपातिकमा नपरे पनि माओवादी केन्द्र अन्तर्गत किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष राजन किरातीको नाम भने प्रदेशसभा सदस्यका लागि माओवादीले सूचीमा राखेको छ । राजन किरातीको नाम प्रदेश नं. २ बाट राखिएको छ ।
sarbajanik

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *