Loading...
कांग्रेसले देउवा, पौडेल र कोइरालाबाहेक प्रधानमन्त्रीमा ल्यायो नयाँ अनुहार, कसरी भयो चमत्कार !

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीका प्रभावशाली नेतालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको छ ।

कांग्रेसले त्यागी, निष्ठावान नेता ‘लौहपुरुष’ गणेशमान सिंहका पुत्र एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्न लागेको हो । महामन्त्री शशांक कोइराला र नेता खुमबहादुर खड्काको प्रस्तावमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सिंहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने तयारी गरेको बालुवाटार निकट स्रोतले बतायो ।

प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि अहिले चुनावी मैदानमा छन् । सुशील कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहिसकेका सिंहलाई कांग्रेसले भावी प्रधानमन्त्रीमा मैदानमा उतार्न लागेको हो ।

उसो त सिंहलाई प्रधानमन्त्रीका रुपमा कांग्रेसका कार्यकर्ताहरूले पनि लिन थालेका छन् । कम्युनिष्ट पार्टी र तिनका नेताहरूविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका सिंहलाई कांग्रेसमा भावी प्रधानमन्त्रीका रुपमा हेर्न लागिएको हो ।

ओजनदार अभिव्यक्ति दिन थालेका नेता सिंहले मुलुकमा कुनै पनि हालतमा कम्युनिष्टहरूको शासन आउन नदिने बताएका छन् । उनले नै कम्युनिष्टहरूलाई काउन्टर दिँदै आएका छन् ।

यस्तै, कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भावी राष्ट्रपतिका रुपमा अघि ल्याउने भएको छ । १७ पटक प्रधानमन्त्रीको चुनाव हारेका पौडेल कांग्रेसमा त्यागी नेतामा चिनिन्छन् । पौडेल अहिले तनहुँ- १ बाट चुनाव लड्दैछन् ।

कांग्रेस शीर्ष नेताहरुबीच प्रकाशमानलाई प्रधानमन्त्री, रामचन्द्रलाई राष्ट्रपति र देउवाले सभापतिको भुमिकामा पार्टीलाई सम्हाल्ने आन्तरिक समझदारी समेत भइसकेको बताइएको छ ।

कांग्रेसका एकजना केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्री, रामचन्द्र पौडेललाई राष्ट्रपति र शेरबहादुर देउवालाई पार्टी सभापतिका रुपमा अघि बढाउने आन्तरिक सहमति भइसकेको छ । केन्द्रीय कार्यसमितिमा पनि यो विषय छलफल हुन्छ ।’

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका सिंहले कांग्रेसभित्र कम्युनिष्ट पार्टीलाई ड्यासिङ दिएर बोल्ने क्षमता पछिल्लो समय बनाएका छन् । उनले सम्बोधन गर्ने बेला आफ्नो अधिकांस समय देश र जनताको हितमा के गर्न सकिन्छ भन्नेमा केन्द्रित गर्छन् । त्यति मात्रै होइन उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिलाई पनि नियाल्ने गरेका

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *