Loading...
चीनले यसरी खेल्छ नेपालमा ! नेवार समुदायलाइ सिध्याउन बिजुक्छेँ ब्याक भएको रहस्य खुल्यो

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूको आग्रहमा चीनले दवाव दिएपछि भक्तपुर जिल्लाका खम्बा वाम आन्दोलनका प्रभावशाली नेता नारायणमाज बिजुक्छेँ ब्याक भएको रहस्य खुलेको छ ।

केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा चीनले बिजुक्छेँलाई निर्वाचनमा प्रतिस्पर्धा नगर्न भनेको हो । स्रोतका अनुसार बिजुक्छेँले पनि चीनको प्रस्ताव सिधै स्वीकार गरेका हुन् ।

भक्तपुर जिल्लामा बिजुक्छेँ अध्यक्षको नेपाल मजदुर किसान पार्टीको राम्रो पकड छ । यो पार्टीको अरु जिल्लामा ुकैन पनि अस्तित्व छैन ।
विशेष गरेर केपी ओलीले आफ्ना कार्यकर्ता महेश बस्नेतलाई जिताउनका लागि चीनको सहारा लिएर बिजुक्छेँलाई रोक्न सफल भएका हुन् । यो डिजाइनमा प्रचण्डले साथ दिएको स्रोतको भनाइ छ ।

अझ ओली र प्रचण्डले नेवार समुदायको राजनीतिमा बढ्दै गएको बर्चश्वलाई अन्त्य गर्न पनि बिजुक्छेँलाई रोको भन्ने आरोप छ । किन भने राजधानी उपत्यका भित्र यी दुबै दलले सोँचेअनुसार नेवार समुदायलाई टिकट दिएको छैन । टिकट दिएका नेताहरू पनि जनाधार भएका छैनन् । देखाउनका लागि मात्रै ती नेवार समुदायका नेतालाई उम्मेदवार बनाएको आरोप छ ।

चीनको पछिल्लो रणनीतिले आदिवासी जनजाति, नेवार, थारु, मधेसप्रति उदार छैन भन्ने देखाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *