Loading...
विश्वभरि चिनिएका नेपालको एक मात्र जाती शेर्पाका एक्ला उम्मेदवार फोरम, नेपालका लाक्पा शेर्पा

काठमाडौं। यही मंसिर १० गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यको लागि लाक्पा शेर्पा संघीय समाजवादी फोरम, नेपालबाट चुनावी मैदानमा उत्रेका छन् ।

सम्पूर्ण शेर्पाहरुको प्रतिनिधित्व गर्दै शेर्पा समुदायबाट प्रतिनिधि सभामा उपस्थिति जनाउन कम्मर कसेर लागि परेका प्रतिनिधि सभा सदस्यका उमेदवार शेर्पाले आफू चुनावी अभियानमा होमिनुका कारणबारे प्रष्ठ्याउदै आफ्नो उमेदवारी केवल उमेदवारीका लागि मात्र नभएको बताएका छन् ।

उनी सोलुखुम्बुको सान भएको त्यहाँको स्थानीयले बताएका छन् । सधै हामीले अरुलाई विश्वास गरै तर यो चोटी हामी आपनोलाई नै चुन्ने छौं । २१औं शताब्दी सुहाउँदो नेतृत्व स्थापित गरि सोही अनुसार समाजलाई डोराउने, समाजमा रहेका अनेकौं खाले विभेद र उत्पिडनको विरुद्धमा आवज उठाउने, पहिचान र अधिकार स्थापित गर्नका लागि पहल कदमी लिने, हिमाली क्षेत्रका जनताले भोगेका अनेकौ खाले समस्याहरुको निराकारण गर्न राज्यलाई दवाब दिने जस्ता बिषयहरुसंग जुध्न र समाजलाई विभेद र उत्पिडनरहित बनाउदै समावेशी र समृद्ध नेपाल निर्माणका लागि आम समुदायलाई अग्रसरता गराउन आफु प्रतिनिधि सभाको सदस्यमा उमेदवार बनेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभामा शेर्पा समुदायको उपस्थिति शून्य हुनबाट जोगाउन अनि बिकाश तथा सुविधामा पछाडी परेको हिमाली क्षेत्रको बिकाश र त्यहाँको स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार गर्नमा ध्यान केन्द्रित गरि विचार, सिद्धान्त र पद्धतिमा विस्वास गर्दै आजको पुस्ताको मागानुसार सुस्पष्ठ बिचारका साथ अगाडि बढी आफु  २१औं शताब्दीको स्पष्ट नेताको रुपमा स्थापित हुने आफ्नो चाहना रहेको प्रतिनिधि सभा सदस्य उमेदवार शेर्पाले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *