Loading...
झलनाथ खनाललाई हराउन आफ्नै गाउँका युवाहरुको टिम नै सक्रिय, एमालेको रेकर्ड ब्रेक हुने

इलाम । कहिले काठमाडौंका सडक, कहिले त्रिभुवन विश्वविद्यालय परिसर बढार्दै गरेको अवस्थामा भेटिने सचेन घले अहिले इलामका गाउँमा भोट माग्ने दौडधुपमा छन् ।

विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधिसभामा इलाम १ बाट उम्मेद्वारी दिएका २७ वर्षीया घलेले एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाली कांग्रेसका स्थानीय नेता भुपेन्द्र कट्टेलसंग प्रतिस्पर्धा गर्दैछन् ।

डेढ दशक भन्दा लामो खनालको विजय यात्राबाट निराशा बनेको युवा जमातले आफूलाई मतदान गर्ने विश्वास बोकेका घले सामाजिक सञ्जाल, भेटघाट र सभा मार्फत् जनताको माझमा पुग्ने प्रयासमा रहेको बताउँछन् ।
झिल्कैबाट आगो सल्कने विशवास गर्ने घले गाउँ गाउँमा रहेको ठूलो दलको सञ्जाललाई विचारले चिर्दै अघि बढ्ने योजनामा छन् ।

परोपकार र सम्बृद्धिका लागि आफ्नो पार्टीले गरिरहेको काम र अब गर्ने कार्यक्रमका बारेमा समेत जनतालाई सुनाउने उनको योजना छ ।
इलामको सूर्योदय नगरपालिका ४ तक्पतका सचेनले राजनीतिक दलको सदस्यता यस अघि लिएका थिएनन् ।

अहिलेका पुराना दलले आफ्नो भावना नसमेट्ने भएपछि विवेकशील पार्टीमार्फत राजनीति सुरु गरेका उनलाई विवेकशील साझा पार्टीले टिकट दिएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालसंगको टक्करलाई घलेले नयाँ अनुभवका रुपमा लिएका छन् । उनको उपस्थितिले दलबीच कडा प्रतिस्प्रर्धा सिर्जना हुने उनको अनुमान छ ।

उनले भने, ‘उहाँ (झलनाथ खनाल)ले सक्नु भएन त्यसैले हामी आउनु पर्यो ।’ पुराना दलहरुले समृद्धिलाई बिर्सेकाले आफू अघि सरेको उनको भनाइ छ ।
पुराना दलका ठूला नेता सुध्रेलान भनेर पर्खे पनि सुधार नभएकाले वैकल्पिक शक्तिको रुपमा आउनु परेको उनको भनाइ छ । उनले पुराना दलका नेताहरुलाई आरोप लगाए, ‘उहाँहरु आफै केही गर्न सक्नु हुन्न र अरुलाई गर्न पनि दिनु हुन्न ।’

घलेले आफ्नो उपस्थितिले नेताहरु सुध्रिए भने मात्र पनि आफ्नो उपस्थिती सार्थक हुने बताए । घलेलाई गाउँगाउँबाट कार्यक्रमका लागि निम्तो आउन थालेको छ । कतिपय स्थानमा रञ्जु दर्शनासहितका नेताहरुलाई उभ्याउने उनको कार्यक्रम छ ।

२९ वर्षीय लाप्चाले नयाँशक्ति पार्टीबाट उम्मेद्वारी दिएका हुन् । दश वर्ष माओवादी केन्द्रका कार्यकर्ताको रुपमा काम गरेका लाप्चाले वैल्पिक राजनीति र समृद्ध नेपालको निर्माणका लागि ठूलो जनमत देखिएकाले त्यो जनमतलाइ संस्थागत गर्न उम्मेदारी दिएको बताए ।

लोपउन्मुख लेप्चा समुदायको प्रतिनिधित्व समेत गर्दै उम्मेद्धारी दिएका उनले ठूला दलका नेताले राजनीतिलाई जागिर र शिक्षा जस्तो बनाएकाले त्यो मानसिकता भत्काउन उम्मेद्धारी दिएको दावि गरे । सूर्योदय नगरपालिका ९ रम्फोकका लेप्चाले आँखा चिन्हमा मतदान गरेर युवा पुस्ताले आफ्नो प्रतिनिधित्व स्थापित गराउने विशवास गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *