
महोत्तरी, १९ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अहिले महोत्तरी क्षेत्र नं. ३ मा चुनावी अभियानलाई तीव्रता दिएका छन् । उनी महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । आज बिहान जलेश्वरमा रहेका धार्मिक मठ मन्दिरहरुमा दर्शनसमेत गरेका छन् ।
यसैक्रममा अध्यक्ष ठाकुरले मधेश आन्दोलनका शहीद तथा घाइते परिवारहरुसँग पनि भेटघाट गरेका छन् । उनले चुनावमा सम्पूर्ण मधेशको भूमिमा केवल मधेशीलाई जिताउन सबै मतदातालाई आग्रह गरे ।
आजै आयोजित एक पत्रकार सम्मेलनमा उनले आफ्नो जन्मभूमिले बोलाएपछि यसपालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताए ।
Facebook Comments