Loading...
अनिल झाकोलाई पूर्व सांसद तथा बागि उम्मेदवार बबन सिंहले कडा चुनौती दिदै

संजय सहनी रौतहट कार्तिक १९ । प्रदेश नं. २ को प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिएका बेला रौतहटको क्षेत्र नं.१ मा पनि गठबन्धनको उम्मेदवारलाई ठूलो संकट पर्ने संकेत देखा परेका छन् । क्षेत्र नं. १ का फोरम राजपाका साझा उम्मेदवार अनिल झाको बिरुद्धमा पूर्व सांसद तथा बागि उम्मेदवार बबन सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
दशक देखि मधेश आन्लोलनमा अग्रणि भुमिका निभाएका सिंहको उम्मेदवारीबाट राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका अनिल झालाई बढि प्रभावित गर्ने देखिएको छ । बाम गठबन्धन अगाडि रहेको यो क्षेत्रमा राजपा र फोरमबाट एक उम्मेदवार मात्र भए केहि भन्न सकिन्थ्यो तर बिचैमा बागि उम्मेदवार सिंहको उम्मेदवारी दर्ताले झाको चुनावी यात्रा धरापमा परेको देखिएको छ ।
जनताको हक हितको आन्दोलन देखि लिएर जनताको सुख दुखमा सेवा गर्दै आएका सिंहको उममेदवारीले नेता झाको भोट ब्यालेन्स बिग्रिने  र त्यसको फाइदा अन्यलाई हुने समेत सम्भावना बढेका छन् । यूवा जमातको मालिक रहेका सिंहको चर्चा क्षेत्र नं.१ को गाउँ टोल बस्तिमा उत्तिकै छ ।

गठबन्धनका केहि बहुरुपियाको र संकिर्न सोच भएको पुजिवादि नेताका कारण आफ्नो टिकट खोसिएको आरोप लगाउदै आएका सिंहले आफ्नो जित कसैले टार्न नसक्ने दाबि गर्दै आएका छन् । २०६२÷०६३ को मधेश आन्दोलन देखि लिएर गौर काण्ड सहित हाल सम्म मधेशी जनताको हक हितका लागि लडने आन्दोलनमा कयै पटक घाईते र आन्दोलनकै कारण मस्ट वान्टेड सुचिमा रहेका सिंह जनताको लागि हदै सम्मको दुख कष्ट झेल्ने नेता हुन् ।

सिंह फोरम नेपालका केन्द्रिय सदस्य समेत छन् । सिंहको पत्नी अंशु सिंह बितेको चुनावबाट राजदेवी नगरपालिकाकी निर्वाचित उप मेयर हुनु, सिंहको सम्बन्ध जनतासँग प्रत्यक्ष रुपमा हुनु, मधेशी आन्दोलनमा अग्रनि भुमिका खेल्नु, विकास निर्माणको कार्यमा सदैव तत्पर रहनु, क्षमताले भ्याए अनुकुल गर्नु गराउनु, र भ्रष्टाचारको बिरुद्धमा कदम चलाउनु नै जितको प्रमुख आधार रहेको देखिएको छ ।
सिंहको प्रतिद्धन्द्धीहरुमा नेपाली काँग्रेसका कृष्णा यादव, बामगठबन्धनका सत्यनारायण भगत र फोरम राजपा गठबन्धनका अनिल झा हुन् ।

आज तक मधेश डट कम

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *