Loading...
अख्तियारले समात्न थाल्यो ‘ठूला माछा’, पूर्व आईजीपीदेखि मुख्य सचिवसम्म फन्दामा

काठमाडौं । अकुत सम्पत्ति जोडेको आशंकामा छानविन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ ।

बयानका लागि अर्याल आइतबार विहान ११ बजेतिर टंगालस्थित कार्यालयमा पुगेका थिए । बयान सकेर अर्याल अपराहृन मात्र फर्किएका छन् ।

स्रोतका अनुसार अख्तियारले अर्याललाई केही महिना अघि नै १३ पन्ने भराएको थियो । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘आज झण्डै ५/६ घन्टा बयान भएको छ ।’

अख्तियारले आइतबार नै बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयान लिएको छ ।

अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ । पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्री पनि अख्तियारको फन्दामा परेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *