Loading...
गगन थापा र राजन भट्टराई एक अर्कालाई भारतीय दलाल भन्दै चुनाबी प्रचारमा तिब्रता दिदै

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरु भइसकेको अवस्थामा कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूले एकअर्का विरुद्ध आरोप प्रत्यारोप लगाउन थालेका छन् ।

आरोप लगाउन र चरित्र हत्या गर्नमा कांग्रेसभन्दा पनि नेकपा (एमाले)का नेताहरू अग्रभागमा देखिएका छन् । भारतलाई गाली गर्ने चीनको समर्थन गर्ने एमालेका नेताहरूको रवैयाबाट सबै आजित भएका छन् ।

भारत वा चीन कसैको पनि नेपालमा हस्तक्षेप स्वीकार्य हुँदैन । तर, कथित राष्ट्रवादको नाममा एमालेका नेताहरूले नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नंं. ४ का प्रतिनिधि सभाका उम्मेदवार गगन थापालाई भारतीय दलालको आरोप लगाउने गरेका छन् ।

गगन थापालाई भारतीय दलाल भनेर कटु आलोचना गर्नेमा एमालेका केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार राजन भट्टराई अग्रपंक्तिमा छन् । तर, एमालेका भट्टराईले आफूले नयाँदिल्लीस्थित जहवारलाल नेहरु विश्व विद्यालयमा महेन्द्र पी. लामा र एस.डी. मुनीको विद्यार्थी भएर अध्ययन गरेको भुलेका छन् ।

अहिले भारतको विरोधी र कट्टर राष्ट्रवादी देखिने एमालेका नेता भट्टराई महिनामा दुई पटक लैनचौरस्थित भारतीय राजदूतावास पुगेर तलव बुझ्ने गरेको एमालेका नेताहरूकै आरोप छ । भारतीय दूतावास उच्च स्रोतका अनुसार पनि भट्टराई बेलाबेला दूतावासमा जाने गरेका छन् ।

नेपाल–भारत बौद्धिक समूहका सदस्य समेत रहेका एमालेका नेता भट्टराईले सो समितिका सदस्य एवम् भारतीय जनता पार्टीका नेता भगतसिंह कोशिहारी र प्रध्यापक महेन्द्र पी. लामासँग ठाडो नजर गरेर हेर्न नसक्ने गरेको स्रोतको भनाइ छ । सो बैठकमा कहिल्यै पनि एमालेका नेता भट्टराईले सन् १९५० को सन्धीका बारेमा जिकिर नगरेको स्रोतले जनाएको छ ।

०६२÷६३ को आन्दोलनताका काठमाडौंबाट भागेर नयाँदिल्ली पुगेका एमालेका नेता भट्टराईलाई कांग्रेसका नेता अमरेशकुमार सिंहले नै भर्ना गराइदिएको स्रोतको भनाइ छ । त्यस बेला अमरेशकुमार सिंह सोही विश्व विद्यालयमा सिनियर विद्यार्थीका रुपमा अध्ययनरत थिए । एमालेका नेता भट्टराईलाई जहवारलाल नेहरु विश्व विद्यालयमा अमरेशले नै भर्ना गरिदिएको कुरा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जानकारी छ ।
तर, सधैँ भारतको नाकाबन्दीको विरोध गर्ने, सन् १९५० को सन्धीको विरोध गर्ने कांग्रेसका नेता गगन थापालाई एमालेका नेताहरूले भारतीय दलाल भन्नुको अर्थ के हो भनेर खोज्नु पर्ने बेला आएको कांग्रेसका समर्थकहरू बताउँछन् ।

कांग्रेसका नेता थापाले संसदमा समेत भारतको नाकाबन्दीविरुद्ध संकल्प प्रस्ताव लगेका थिए । कांग्रेसबाट उनले मात्रै नाकाबन्दीको सार्वजनिक रुपमा विरोध गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *