Loading...
सप्तरीमा १६ जनाले लिए उम्मेदवारी फिर्ता, प्रदेश नं. २ मधेश प्रदेश हुन्छः अध्यक्ष यादव

राजविराज, १९ कार्तिक । आगामी मंसिर २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीमा एक सय ५२ जना उम्मेदवार कायम भएको छ ।

सप्तरी जिल्लामा १ सय ६८ जना उम्मेदवारी दिएकामध्ये १६ जनाले उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम नामावली आइतवार सार्वजनिक गरिएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नम्वर– १ मा १२, क्षेत्र नम्वर– २ मा १७, क्षेत्र नम्वर–३ मा १० र क्षेत्र नम्वर– ४ मा १३ गरी ५२ जनाको  उम्मेदवार कायम भएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको लागि उम्मेदवार भएका संघीय समाजवादी फोरम नेपाल र राजपा (नेपाल)को लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार भएका फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विरुद्ध राजपाका पूर्व सह–महामन्त्री जयप्रकाश ठाकुरको उम्मेदवारी कायमै रहेको छ भने राजपाका महासचिव मनिष कुमार सुमनका विरुद्ध राजपाकै वागी उम्मेदवार लक्षमण यादवको उम्मेदवारी कायमै रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाकोलागि राजपा र फोरमको गठबन्धनका उम्मेदवार चन्द्रनारायण चौधरीका विरुद्ध सुरेन्द्र यादवको उम्मेदवारी यथावत नै रहेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । आइतबार उम्मेदवारी फिर्ता लिनेमा नयाँ शक्ति पार्टीबाट उम्मेदवार भएकी शोभा कुमारी देवले पार्टीको आधिकारीक रुपमा फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी प्रतिनीधि सदस्यमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार शम्भु झा, भीमराज यादव, मुनीलाल खङ्ग र सञ्जय चौधरी, प्रदेश सभाका उम्मेदवारहरु उमेश प्रसाद यादव, महेन्द्र प्रसाद चौधरी, उपेन्द्र साहलगायतले उम्मेवारी फिर्ता लिएका छन् ।  मुख्य निर्वाचन अधिकृत हरिचन्द्र ढुगानाका अनुसार प्रदेशसभातर्फ क्षेत्र नं. १ को ‘क’ मा ९ र ‘ख’ ८ जना, क्षेत्र नं. २ को ‘क’ मा ११ र ‘ख’ मा १९ जनाको उम्मेदवारी कायम भएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई महिनापछि दुई नम्वर प्रदेश मधेश प्रदेशमा परिणत हुने बताएका छन् ।

सप्तरीको राजविराजमा शनिवार आयोजित वुद्धिजीवजीसँगको चुनाव लक्षित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता यादवले भने–‘मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई नम्वर प्रदेश मधेश प्रदेशमा परिणत हुन्छ ।’ वर्षोदेखि उत्पीडन र शोशनमा परेका मधेशी जनताको हक अधिकार र पहिचान सुनिश्चितताका लागि पनि प्रदेश नं. २ लाई मधेश प्रदेश कायम गर्न जरुरी रहेको बताए । ‘मधेशी जनताको हक अधिकार र पहिचान सुनिश्चितताका लागि प्रदेश नं. २ लाई मधेश प्रदेश कायम गर्न जरुरी छ’ उनले भने–‘मधेशी जनताकै पहिचान सुनिश्चितताका लागि पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सँग पनि गठबन्धन गरेको छ ।’ उनले फोरम–राजपा गठबन्धन नै प्रदेश नं. २ मा पहिलो पार्टी बन्ने दावी समेत गरे ।

उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत पार्टीले संघर्षकै रुपमा लिएर अगाडी बढिरहेको बताए । ‘मधेशको मागलाई पूरा गराउनका लागि संघर्ष स्वरुप निर्वाचनमा सहभागी हुनु जरुरी थियो’ उनले भने–‘निर्वाचनबाट भाग्यो भने मधेशका बिरोधीहरु मधेशबाट जितेर जाने र अधिकारका लागि फेरि वर्षौसम्म संघर्ष र आन्दोलन गर्नुपर्छ, त्यसैले निर्वाचनबाटै मधेशीको माग सम्वोधन हुन्छ ।’कार्यक्रमका सहभागी निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष एव्म नेपाल मधेशी निजामति कर्मचारी मञ्च सप्तरीका अध्यक्ष अजयकुमार झाले एउटा राष्ट्रिय व्यक्तित्व मधेशी जनता र सप्तरीवासीको हकअधिकारीका लागि जिल्लाबाट उम्मेदवारी दिनु गाैरवमय कुरा रहेको बताए ।

newstoday

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *