Loading...
पुर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिब्यक्तिको स्वागतमा दिप प्रजवलीत तथा र्याली कार्यक्रम

बीरगंज १९ कार्तिक ।
पुर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिब्यक्तिको स्वागत गर्दै आज बीरगंजको श्रीपुरस्थित नाग मन्दिरमा दिप प्रजवलीत कार्यक्रम गरिएको छ । “दुबो मखमली फुलको र गोदावरी फुलको मालाको महत्व नबुझने ? तर कागज फुलको सुभाष खोज्ने त्यस्तो परिस्थितीमा हिड्दै छ देशको राजनिती” भन्ने अभिब्यक्तिको स्वागतमा दिप प्रजवलीत गरिएको हो । राष्टिÇय सरोकार मंच नेपालका नारायणी अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा कार्यक्रममा पशुपति बिक्रम शाह, उषा शाह, अरुण बिक्रम शाह, उपेन्द्र चौरसिया, मकबुल मियाँ, शम्भु घिमिरे, सुनिल यादव, संजेग श्रेष्ठ, दिपेश प्रधान, बिदेक शर्मा, बलिमहत्तो धानुक, बिरेन्द्र कुशवाहा लगाएको उपस्थिती रहेको थियो ।
यसैगरी नेपाल बिद्यत परिषदले पुर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिब्यक्तिको समर्थनमा आज बीरगंजमा ¥याली निकालेको छ । बीरगंजस्थित होटल सम्झनाबाट निकालीएको ¥याली नगरको बिभिन्न भागको परिक्रमम गर्दै घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । गत कार्तिक ४ गते पुर्व पुर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे आफु नेतृत्व लिन तैयार रहेको दिनु भएको अभिब्यक्तिको स्वागतमा ¥याली निकालीएको थियो । नेपाल बिद्यत परिषदका मध्यमाञ्चल संयोजक नरेशराज गिरीको सभापतित्वमा सम्पन्न कोण सभामा परिषदका केन्द्रिय सदस्य पशुपति बिक्रम शाह, जिल्ला संयोजक रामनारायण साह, राष्टिÇय सरोकार मंच नेपालका नारायणी अंचल संयोजक नन्दकिशोर गोयल, केन्द्रिय सदस्य हरिनारायण साह, नेपाल राष्टÇबाद संघ पर्साका अध्यक्ष जनकलाल शाह लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *