Loading...
फोरम नेपाल र राजपा नेपालले नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने र सघाउने

काठमाडौं, २० कार्तिक । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले केही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सिट छोड्ने भएका छन् ।

कांग्रेसले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई सघाएसँगै ती दुई दलले पनि कांग्रेसका उम्मेदवारलाई सघाउने भएका हुन् ।

कांग्रेस नेता बालकृष्ण खाडँले भनेअनुसार कार्तिक १७ गते कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राजपा नेता ठाकुरबीच बालुवाटारमा एकअर्कालाई सघाउने सहमति भएको दाबी गरे ।

उम्मेदवारी दर्तापछि दुई पार्टीका केही नेतालाई सघाउने भन्ने सहमति भएको खाँडको दाबी छ । कांग्रेसले दुई नेतालाई सघाएपछि राजपा र फोरमले पनि कांग्रेस दुई क्षेत्रमा सघाउने खाँडले जानकारी दिए ।

‘हाम्रो चाहना त विमलेन्द्र निधिलाई उहाँहरुले छोडिदिए हुन्थ्यो भन्ने हो,’ खाँडले भने, ‘त्यहाँ राजेन्द्र महतोजीले छोड्नु हुन्न होला तैपनि हामी प्रयास गर्छौं ।’ निधि र महतो धनुषा –३ मा उम्मेदवार बनेका छन् ।

उनले पार्टीमा छलफल गरेर कांग्रेसले आफूलाई छोड्न पर्ने नेताको नाम राजपा र फोरमलाई दिने बताए ।

महतोले निधिलाई छोड्न नमाने अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरी– ४ मा र नेता प्रदीप गिरिलाई सिरहा–१ मा सघाउने विषयमा कुराकानी भइरहेको छ ।

यसअघि आइतबार कांग्रेसले महोत्तरी– ३ मा ठाकुरलाई सघाउन उम्मेदवारी फिर्ता लिएको थियो भने सप्तरी–२ मा यादवलाई सघाउन उम्मेदवारी फिर्ता लिने भने पनि प्राविधिक कारण रोकिएको थियो ।

madheshvani.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *