Loading...
विजुक्छेले पुर्याए बुद्धि, देउवाको निर्णय सुन्ने बितिक्कै विजुक्छे कांग्रेसलाई समर्थन गर्नभए तयार

काठमाडौं । भक्तपुरमा लामो समयदेखि एकछत्र राज गरेका जनतामाझ लोकप्रिय नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली कांग्रेसलाई समर्थन गर्ने निष्कर्ष निकालेका छन् ।

यसपटक चुनाव नलड्ने घोषणा गर्दै युवालाई प्राथमिकता दिएका विजुक्छेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लिएको एउटा निर्णयबाट प्रभावित भई अहिलेको चुनावमा कांग्रेसलाई समर्थन गर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो । देउवाले कांग्रेसबाट भावी प्रधानमन्त्रीको उम्मेदवार लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहलाई बनाउने निर्णय गरेका छन् ।

नेमकिपाका एक नेताका अनुसार नेवार समुदायबाट अहिलेसम्म देशको प्रधानमन्त्री नबनेको सन्दर्भमा देउवाले सिंहलाई प्रधानमन्त्री बनाउने निर्णय लिएपछि विजुक्छे कांग्रेसलाई समर्थन गर्न तयार भएका हुन् ।

देउवाको निर्णयपछि विजुक्छेले ‘नेवार परिवारबाट प्रधानमन्त्री बनाउनका लागि आफूहरुले पूर्ण समर्थन गर्ने’ कुरा बताउन थालेका छन् । आफ्ना कार्यकर्ता र मतदातासँगको भेटमा उनले यसो भन्न थालेका हुन् ।

स्रोतका अनुसार उनले ‘एमालेले पनि हामी नेवारका लागि केही गरेन्, एमालेमा उपाध्यक्ष रहेकी नेवार नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि अपमानजनक रुपमा प्रदेशमा झारिएको छ । कांग्रेसले धेरै नगरेपनि चीनकाजी श्रेष्ठ, प्रकाशमान सिंह, नवीन्द्रराज जोशी, मिनकृष्ण श्रेष्ठ, आनन्द ढुंगाना लगायत नेवार समुदायका नेतालाई प्राथमिकता दिँदै आएको छ । र, अहिले त प्रकाशमानलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि हामीले समर्थन गर्नैपर्छ’ पनि भन्ने गरेका छन् ।

प्रकाशमानलाई प्रधानमन्त्री बनाउने देउवाको निर्णयले खुलासा हामीले अस्ती गरेका थियौं । र, आज चुनावी अभियानको सुरुवात गर्दै प्रकाशमान स्वयंमले बोलेका छन् । यसबाट अब प्रकाशमान प्रधानमन्त्रीको उम्मेदवार हुने निश्चित भइसकेको छ ।

यसरी प्रकाशमान कांग्रेसबाट भावी प्रधानमन्त्रीका रुपमा मैदानमा आइसकेपछि विजुक्छे कम्युनिष्ट भएर पनि कांग्रेसलाई समर्थन गर्न तयार भएका हुन् । ‘हाम्रो नेवार समुदायको लागि सोच्ने, प्राथमिकतामा राख्ने पार्टीलाई समर्थन गर्छाैं,’ उनले पार्टीमा भनेका छन् । अब विजुक्छे प्रकाशमान र कांग्रेसको विजयका लागि रणनीति बनाउन लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *