Loading...
सबै जातिको नेपाल बनाउन, हक र पहिचान दिलाउन मशालमा मतदान आबश्यक – रत्नेश्वरलाल

ठमाडौं । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव रत्नेश्वरलाल कायस्थ प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेका छन् । मधेसी पुरुष समुहबाट उनी पहिलो नम्बरको समानुपातिक उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेदवारको सूचीमा कायस्थको नाम १९५९ नम्बरमा उल्लेख छ । नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका कायस्थ संघीय फोरमका वौद्धिक नेतामध्ये पर्दछन् । नम्र र शालीन ढंगले तर्क प्रस्तुत गर्ने कायस्थ अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी निर्माण हुँदादेखि नै लागेका व्यक्ति हुन् ।
सुगा, जलेश्वर महोत्तरी स्थायी घर भएका कायस्थले आफू समानुपातिक उम्मेदवारको सुचीमा परेपछि मसाल छापमा मतदान गर्न आग्रह गर्दै इन्टरनेट पोस्टर समेत निर्माण गरेका छन् । जसमा उनले नारा समेत उल्लेख गरेका छन् । ‘भेदभावरहित सम्मानसहित नेपाली भई बस्नका लागि,’ कायस्थको इन्टरनेट पोस्टरमा उल्लेख छ, ‘हातले समातेको मसाल छापमा मतदान गरौ ।’
sarbajik

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *