Loading...
एमालेले लियो एक्सन, पार्टीभित्र गुटबन्दीगरी उम्मेदवारी दिएको भन्दै प्रकाश खतिवडालाई कार्वाही

राजविराज, २० कार्तिक । पार्टीभित्र गुटबन्दी र षडयन्त्र गरी पार्टीको निर्णयको विपक्षमा उम्मेदवारी दिएको भन्दै नेकपा एमाले सप्तरीले प्रकाश खतिवडालाई कार्वाही गरिएका छ ।

क्षेत्र नम्बर–१ अन्तर्गत प्रदेश सभा– १ को निर्वाचनमा पार्टीको निर्णयको अवज्ञा गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गरी पार्टीको हित र प्रतिष्ठामा आँच पु¥याई शत्रुतापूर्ण गतिविधि गरेको भन्दै जिल्ला कमिटीले कार्वाही गरेको हो । जिल्ला समिति सचिवालयको वैठकले नेकपा (एमाले) को विधानको धारा–५ को घ बमोजिम कञ्चनरुप नगरपालिका–७ धर्मपुर निवासी खतिवडाको पार्टीको सदस्यता स्वतः समाप्त भएको जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘गुटबन्दी र षड्यन्त्र गरी पार्टी निर्णयको विपक्षमा उम्मेदवारी दिनेको प्रस्तावक र समर्थक बसी बैधानिक उम्मेदवारको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको पुष्टि भएको कञ्चनरुप नगरपालिका–१२ का अनिल पोखरेल र कञ्चनरुप नगरपालिका–६ का मो. मुस्तफा मियाँ समेतलाई पार्टी विद्यानको धारा ५ को घ तथा धारा ४९ बमोजिम सदस्यता समाप्तिको कारवाही भएको सबैमा जानकारी गराईन्छ । उनीहरु अब उप्रान्त पार्टीको कुनै पनि पद र साधारण सदस्यमा समेत नरहेको जनाउँदै अध्यक्ष न्यौपानेले पार्टीको निर्णय अनुरुप बाम गठबन्धनका उम्मेदवारहरुको पक्षमा लाग्न समेत प्रेस विज्ञप्तिमार्फत अपील गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *