Loading...
कांग्रेसले गर्यो चमत्कार, माओवादीका नगर अध्यक्ष र उपाध्यक्षसहित सयौले गरे काँग्रेसमा प्रवेश

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाका नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष सहित ५ दर्जन माओवादी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार आयोजित कार्यक्रममा केन्द्रका नगर अध्यक्ष जगन्नाथ गिरीसहित ५ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशी कार्यकर्ताहरुलाई कांग्रेसका निवर्तमान जिल्ला सभापति शिवप्रसाद हुमागाई, प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार तिर्थ लामा, प्रदेशसभा १ का उम्मेदवार चन्द्रबहादुर (सीबी) तामाङ र प्रदेशसभा २ का उम्मेदवार गणेश लामाले स्वागत गरेका छन् ।

उनीहरुसँगै नगर उपाध्यक्ष राजेश कार्की र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की नगर अध्यक्ष सुशिला सुवाल पनि कांग्रेस प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *