Loading...
पूर्व राष्ट्रिपति डा रामवरण यादव मानसिक तनावमा, घरधनीले दिए घरखाली गर्न अन्तिम सूचना

काठमाडौँ,  कात्तिक । नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले बस्ने वास नपाएर दुःख पाउँदै आएका छन् ।

सरकारले पूर्व राष्ट्रपतिको वासका लागि यथोचित व्यवस्था गर्ने बताए पनि उपयुक्त स्थल नहुँदा डा यादवले मानसिक रुपमा पीडा खेप्दै आएका छन् ।

यादवलाई सरकारले उपलब्ध गराउँदै आएको ललितपुर महानगरपालिका वडा नम्बर ४ बागडोलस्थित रविभक्त विष्टको घरमा आवास सुविधा दिए पनि उनी पीडामात्र खेपिरहेका छन् ।

घरधनी विष्टले पटक पटक यादवलाई घर खाली गर्न सार्वजनिक सुचना जारी गर्दै आएका छन् ।

पछिल्लो पटक फेरि विष्टले १५ दिनभित्र पूर्व राष्ट्रपति यादवलाई घर खाली गर्न सूचना जारी गरेका छन् ।

विष्टले राष्ट्रपति कार्यालय शितलनिवासलाई समेत आग्रह गरी घर खाली गर्न पत्रिकामा सूचना जारी गरेका हुन् ।

विष्टले सरकारले ०७४ साउन १ गतेदेखि घर बहाल सम्झौता नविकरण नगरी बहाल रकम तथा बिजुलीको बिल रकमसमेत भुक्तानी नगरी जवरजस्ती बसेको आरोपसमेत लगाएका छन् ।

यससम्बन्धमा पूर्व राष्ट्रपछि यादवले पटक पटक आग्रह गर्दा समेत तत्कालीन सरकार प्रमुखहरुले समेत ध्यान दिएका छैनन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *