
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन खर्च दिने आश्वासन दिएर अन्तिम समयमा पैसा नदिपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावम परेका छन् ।
मुलुकभरिका आफ्ना दलका उम्मेदवारहरूले निर्वाचन खर्च माग गरेर समस्या बनाएपछि प्रचण्ड तनावमा परेका हुन् । वाम गठबन्धन बनाउने बेला चीनले ८ सय करोड रुपियाँ दिने आश्वासन दिएको थियो । तर, चीनले भने जस्तो केही गरेन । हालसम्म चीनले ८०० करोड मध्ये ३०० करोड एमालेमार्फत पठाइसकेको स्रोतको भनाइ छ ।
चीनबाट निर्वाचनका लागि आएको रकमबाट एमालेका अध्यक्ष ओलीले प्रचण्डलाई यो समाचार तयारपार्दासम्म एक रुपियाँ दिएका छैनन् ।
मतदानको मिति नजिकिएका बेला प्रचण्डले निर्वाचन खार्चको बाटो पहिल्याएका छन् । केही दिन अगाडि नेपालका लागि भारतीय राजदूत मनजिभसिंह पुरीसँग गोप्य रुपमा भेट गरेर प्रचण्डले निर्वाचन खर्च सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ । प्रचण्डको आग्रहपछि राजदूत पुरीले माओवादी केन्द्रलाई निर्वाचन खर्च दिने आश्वासन दिएका छन् ।
स्रोतका अनुसार प्रचण्डलाई भारतीय दूतावासले २ सय ५० करोड रुपियाँको व्यवस्था गर्ने तयारी गरेको छ ।
निर्वाचनका लागि भारतले दिन लागेको रकमका बारेमा प्रचण्ड ढुक्क भएर बसेका छन् । भारतले दिने निर्वाचन खर्चलाई उम्मेदवारहरू समक्ष छिटै पठाइनेछ ।
Facebook Comments