Loading...
एमाले १ नं. को भ्रष्ट पार्टी हो, यो पार्टीमा मरेनी प्रवेश गर्दिन : रञ्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु न्यौपाने दर्शनाले नेकपा(एमाले)लाई एक नम्बरको भ्रष्ट पार्टीको आरोप लगाएकी छिन् ।

आफ्नो फेसबुक पेजमा भिडियो राख्दै रञ्जुले एमाले भ्रष्ट पार्टी भएकाले त्यो पार्टीमा प्रवेश नगर्ने जनाएकी हुन् । ‘एमाले १ नं. को भ्रष्टा पार्टी हो । त्यसका नेताहरू हुन्’, उनले भने, ‘यस्तो भ्रष्ट पार्टीमा प्रवेश गर्ने कुरै आउँदैन ।’
एमालेमा प्रवेश गर्ने तयारी गरेको भनेर रञ्जबारे समाचार आएपछि त्यसको खण्डन गरेकी हुन् । यद्यपि, उनले एमालेका नेताहरूसँग भेट गरेर निर्वाचनलाई सहयोग गर्ने गरेर विवेकशील पार्टी छाडेर एमाले प्रवेशको तयारी गरेकी थिइन् । समाचार आएपछि रञ्ज ब्याक भएको बताइएको छ ।

हुन त रञ्जुले नेपाली कांग्रेसको पनि दोहोलो काढेकी छिन् । उनले कांग्रेसका नेताहरूलाई पनि भ्रष्टाचारी भनेर आक्रोश पोखेकी छिन् ।

नेपालका सबै राजनीतिक दलका नेताहरू र पार्टीको खुलेर विरोध गरेकी रञ्जले आफ्नो विरुद्ध कुनै पनि समाचार आउनेवित्तिकै मुद्दा हालेर सञ्चारमाध्यम र पत्रकारहरूलाई ठेगाउन लगाउने चेतावनी दिँदै आएकी छिन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *