
सुनसरी २१ कात्तिक । नेपाल समावेशी पार्टी र संघीय समाजवादी फोरम नेपाल एकिकरण भएको छ । नेपाल समाववेशी पार्टीका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र कार्की,महामन्त्री झपेन्द्र पराजुली, केन्द्रीय सदस्यहरु ईश्वर पराजुली, उमेश कटुवाल,नगेन्द्र कटुवाल,फुलकुमारी चौधरी, धर्म थापा लगाएत संघीय फोरममा प्रवेश गरेका छन् ।
संघीय फोरका वरिष्ठ उपाध्यक्ष युवराज कार्कीले उनीहरुलाई स्वागत गरेका छन् । एकता घोषणामा दुई दलबीच एकता भएको बताइएको छ । जसमा संघीय फोरमबाट उपाध्यक्ष युवराज कार्की र नेपाल समावेसी पार्टीबाट लोकेन्द्र कार्कीले सयुक्त हस्ताक्षर गरेका छन् ।
आगमी निर्वाचनलाई लक्क्षित गर्दै दुई दलबीच एकता गरिको हो । मुलुकमा विद्यमान राष्ट्रिय,जातीय,उत्पीडन अन्त गर्न , सघंवादी सिद्धान्त अनुरुपको पहिचान सहितको संघीयता कायम गर्न पार्टी एकीकरण गरिएको संघीय फोरमा उपाध्यक्ष कार्की बताए ।
Facebook Comments