Loading...
अब सिद्धिने पालो नेपालका कम्युनिष्टहरुको हो :  कांग्रेस नेता खाँण

काठमाडौ, २१ कर्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति नेपाली कांग्रेसका संयोजक बालकृष्ण खाँणले नेपालबाट कम्युनिष्टहरु छिट्टै  सिद्दिने दावी गर्नुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता खाँणले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाली जनता सधैभरी लोकतान्त्रिक शासन पद्धति,शान्ति र विकासको पक्षमा रहेको बताउदै भन्नुभयो,“ निरंकुश राणा शासन ढल्यो, पञ्चायत टिकेन, राजतन्त्र गयो, प्रचण्ड र ओली  नामका दुइजना कम्युनिष्ट नेतामिल्दैमा नेपालमा कम्युनिज्म आउदैन लोकतन्त्रका लागि निरड.कुश राजतन्त्र फालेका नेपाली जनताले कम्युनिष्ट निरङ्कुशता स्वीकार गर्नै सक्दैनन ।”

नेता खाँणले अधिनायकवादीहरुलाई आफ्नो सत्ता अकण्टक रहने भ्रम रहने उल्लेख गर्दै भन्नुभयो, “पूर्वी जर्मनीमा जसरी युवाहरुले कम्युनिष्टहरुले लगाएको पर्खाल तोडे, त्यसरी नै नेपाली युवाले निरंकुश रअधिनायकवादको मार्गमा जान अग्रसर नेपालका कम्युनिष्टहरुको महत्वकांक्षाको पर्खाल चकनाचूर पारिदिनु पर्दछ।” उहाँले कम्युनिष्ट नेताहरुले उठाएको खोक्रो राष्ट्रवादलाई पनि उदांगो पार्नु आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ हामी भौलोगिक, सांस्कृतिक, जातिय र धार्मिक विविधतायुक्त यो देशलाई सबैको साझादेशको रुपमा विकास गर्ने संकल्प लिएर हिडेका छौ । तर कम्युनिष्ट मध्येको ठूलो दलका अध्यक्षले देशको ठूलो हिस्सामा बस्ने नेपालीलाई भड्काउने काम गर्नुभएको छ ।”

“मुलुकमा विखण्डनको विउ रोप्न खोज्ने सि के राउत र एमाले अध्यक्ष ओली एकै सिक्काका दुई पाटा हुन, कोही पनि भ्रममा नपरे हुन्छ ” नेता खाँणले भन्नुभयो । नेता खाँणले प्रतिप्रश्न गर्नुभयो,“हिमाल, तराइ र पहाड मिलेर बनेको मुलुकमा एक भागमा बस्नेले अर्कोलाई गाली गर्ने, एक जातिले अर्को जातिलाई गालि गर्ने एक धर्म र संस्कृतिका अनुगामीले अर्को धर्म र संस्कृतिकाअनुगामीलाई गाली गर्दा राष्ट्रियता बलियो हुन्छ कि एकर्काको बीचमा सुहार्द सम्बन्ध कायम राख्दा राष्ट्रियता बलियो हुन्छ ?

 

उहाँले हरेक नेपालीले देशको माया गरेको बताउदै सीमा क्षेत्रका बासिन्दाले विभिन्न कष्ट सहेर पनि देशको सीमाको रक्षा गरेको बताउनु भयो । उहाँले भन्नुभयो,“मधेशवासी लगायत अन्य भूभागमा बस्ने नेपालीलाई गालीगर्नु राष्ट्र कमजोर पार्नु हो । राष्ट्रलाई खण्डित गरेर नेपालको राष्ट्रियताको रक्षा हुन सक्दैन । राष्ट्रियहित र एकता सबल बनाउन सबै भाग र प्रदेश एकावद्ध भएर बस्नुपर्छ ।”

 

 

 

२०४६ सालमा लोकतन्त्रको पुनरोदय भएपछि कम्युनिष्टहरुले लोकतन्त्रको संस्थागत विकास सहित आर्थिक सामाजिक विकासमा पनि अवरोध सिर्जना गरेको आरोप लगाउदै भन्नुभयो,“कम्युनिष्टहरुलाई सुधार्ने नाममा योमुलुकले धेरै मूल्य चुकाएको छ तर कम्युनिष्टहरुको अवस्था देखिहाल्नुभयो, अझै अधिनायकवादको सपना देखिरहेका छन् ।”

 

उहाँले मंसिर १० र २१ गते हुने संघीय र प्रादेशिक संसदको निर्वाचन लोकतन्त्रवादी गठवन्धनलाई बहुमतमा पु¥याउन देशको प्राज्ञिक जगत पनि उत्तिकै सक्रिय रुपले सहभागी हुन आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ, नेपालका सभापति जगत तिमिल्सिनाले यस पटकको निर्वाचन लोकतान्त्रिक पद्धतिमाथिको जीवन मरणको सवाल भएकोले सबै प्राध्यापकहरुले नेपाली कांग्रेसको नेतृत्वमा रहेकोलोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन सक्रिय हुन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)का उपकुलपति प्रा.डा. जीवराज पोखरेल, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष चूडाराज उप्रेती, नेपाल प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. केशवानन्द गिरी, नेपाल संस्कृत विश्व विद्यालय प्राध्यपक संघका पूर्व अध्यक्ष शान्तिकृष्ण अधिकारी र पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा. रामचन्द्र गौतमले पनि नेपाली कांग्रेसले लिनुपर्ने नीति र निर्वाचनमाअंगीकार गर्नुपर्ने रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *