Loading...
दाङ्गबाट उठेका उम्मेदवार कृष्णबहादुर महरा भन्छन : “म रोल्पाबासी हो दाङ्गभन्दा रोल्पा राम्रो

रोल्पा । नेकपा (एमाओवादी केन्द्र) का नेता तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार कृष्णबहादुर महराले आफू रोल्पाबासी भएको भन्दै रोल्पाभन्दा बाहिर जान नसक्ने बताएका छन् ।

रोल्पाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेका आफ्नो पार्टीको प्रतिनिधिसभातर्फका उम्मेदवार वर्षमान पुनको चुनावी कार्यक्रममा सहभागी हुन पुगेका महराले रोल्पाका मतदाताहरूसँग दाङभन्दा आफ्ना लागि रोल्पा नै प्यारो रहेको बताएका हुन् । उनले वर्षमान पुनसहितका प्रदेश सभाका उम्मेदवारहरू मतदान गरेर जिताउन आपील गरे ।

‘प्राविधिक कारणले म दाङबाट चुनावमा प्रतिस्पर्धा गर्दैछु । जित्छु पनि । एमालेले साथ दिएको छ’, चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने, ‘मैले गर्ने भनेको रोल्पा हो । दाङ होइन ।’ यद्यपि, नेता महराले दाङको क्षेत्र नं. २ मा धेरै विकासका कार्यक्रमहरू ल्याएको दाबी गरे ।

रोल्पा जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । त्यो क्षेत्रमा वर्षमान पुनले कब्जा जमाएरपछि महरा बाध्य भएर दाङ झरेका हुन् । पहिलो संविधानसभा निर्वाचनमा महराले दाङ क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । त्यसपछि उनले दाङ छाडेर रोल्पाबाट निर्वाचन जिते । रोल्पामा टिकट नपाएपछि महरा फेरि दाङ झरेका छन् । महरालाई दाङका मतदाताहरूले ‘भगौडा’ नेताका रुपमा परिभाषित गर्ने गरेका छन् ।

एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेललाई प्रदेश सभामा झार्न सफल भएका महराले एमालेकै बलबुतामा जित्ने सपना देखेका छन् । दाङ जिल्लामा माओवादी केन्द्र कमजोर मानिन्छ । शंकर पोख्रेलले पनि प्रदेश सभामा जित्ने सम्भावना निकै कम रहेको बताइएको छ ।

एमालेले महरालाई जिताउने सबै प्रकारको सहयोग गर्दै आएको छ । तर, महराले भने आफ्नो गृहजिल्ला रोल्पा पुगेर दाङ जिल्लाका मतदाताप्रति होच्याउने गरेर अभिव्यक्ति दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *