Loading...
पैसा बाँड्न गएको एमाले टोलीलाई जनताको प्रतिकार, जनताले भने कालो कर्तुतको पैसा चाहिदैन

मध्यपुर, कात्र्तिक । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै एमालेले भक्तपुर जिल्लाको मध्यपुरमा पैसा बाँड्न थालेको खुलासा भएको छ ।
प्राप्त जानकारीअनुसार शनिबार बेलुकी मध्यपुर नगरपालिकाको वडा नं ४ को एउटा भजन टोलीलाई पैसा बाँड्ने क्रममा एमाले टोलीको आचारसंहित विपरीत कार्यको खुलासा भएको हो ।
मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, एमालेको तर्फबाट मध्यपुर थिमि नपाको प्रदेश सभाका उम्मेदवार राजेन्द्रमान श्रेष्ठलगायतक ा एमाले कार्यकर्ताहरु गएर भजन टोलीलाई निर्वाचन निहितार्थ दश हजार रुपैयाँ दिन खोजेको थियो । तर स्थानीय जनताले प्रतिकार गरेका थिए । भक्तपुरको एमालेले पैसा बाँड्न प्रयोग गर्दै आएको मानवीय आस्था नेपाल नामक संस्थाको तर्फबाट पैसा बाँड्न भनी उनीहरु त्यहाँ पुगेका थिए । मानवीय आस्था नेपाल यसअघि पनि एमालेले निर्वाचन प्रयोजनका लागि दुरुपयोग हुँदै आएको बद्नाम एनजीओ हो । तात्कालीन गुण्डु गाविसका पूर्व अध्यक्ष तथा एमाले नेता महेश बस्नेतको मातहतमा सो सञ्चालन हुँदै आएको छ ।
एमाले टोलीलाई ‘तिमीहरुले दश हजार दिए हामी सबै भजन टोलीलाई बीस बीस हजार बाँड्ने छौं’ भनी जनताले प्रतिकार भए पछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र राजेन्द्रमान श्रेष्ठलगायतको टोली लुरुक्क परेर फर्कनु परेको थियो ।
सो सम्बन्धि श्रव्यदृश्य सामाजिक सञ्जालमा व्यापक प्रचार भएको थियो ।

http://onlinemajdoor.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *