
ताप्लेजुङको याङवरक गाउँपालिकाका विभिन्न वडाका ११ स्थानीय नेता सहित दर्जनौँ काँग्रेस कार्यकर्ता आज थेचम्बु माध्यमिक बिद्यालयमा आयोजित एक कार्यक्रमबीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान पार्टी नेपालमा प्रवेश गरेका छन् ।
काँग्रेस परितयाग गर्नेमा याङ्वरक गाउँ पालिका ५ चाक्सिबोटेका अमित सेनेहाङ, सन्तोष लिम्बू, दिपेस लिम्बू, दिल कुमार लिम्बू, बिकास लिम्बू, सुक्र राज लिम्बू, मुस्कान लिम्बू सेमि लिम्बू र शृजना लिम्बू रहेका छन् । त्यस्तै याङ्वरक डुमृसेबाट विशाल राई र सुर्य राई लगायत रहेका छन् ।
नेपाली काँग्रेसले पहिचानको मुद्यालाई सम्बोधन गर्न नसक्ने भएकोले पहिचान र लिम्बुवान सुनिश्चितताको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आफूहरु प्रवेश गरेको बताए ।
radiophaktanglung.com.np
Facebook Comments