Loading...
जनजाति समुदायमा अग्रपंक्तिमा रहेका नेता अशोक राईको बारेमा कांग्रेसले बोल्ड निर्णय गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईलाई भावी सभामुख बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यसबारे फोरम अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिरहेको बालुवाटारनिकट स्रोतले बतायो ।

कांग्रेसले जनजाति समुदायलाई उच्च प्राथमिकता दिँदै सभामुख पदका लागि लोकतान्त्रिक गठबन्धनमा अशोक राई उपयुक्त भएकाले उनलाई नै अघि बढाउने निष्कर्ष निकाल्दै फोरमसँग परामर्श थालेको हो ।

स्मरण रहोस् अशोक राई एमालेमा नाम मात्रका उपाध्यक्ष थिए । एमालेले कुनै भुमिका नदिएर खाली पदमा थन्क्याएर राखेपछि उनी पार्टी छोड्दै उपेन्द्र यादवको फोरममा आएका थिए ।

जनजाति नेतामा अशोक राई अग्रपंक्तिमा आउँछन् । उनी पूराना नेता पनि हुन् । कांग्रेसले नेपाली राजनीतिमा उनको योगदानको कदर गर्दै र जनजाति समुदायको सम्मानमा राईलाई संसदको बागडोर सम्हाल्ने ठाउँमा पुर्याउने तयारी गरेको हो ।

अहिले कांग्रेस सभापति देउवासहित विमलेन्द्र निधिलगायतले फोरमका नेतासँग यसबारेमा परामर्श गरिरहेका छन् । र, फोरमका अध्यक्ष यादव सकारात्मक छन् । यसरी चुनाव अगावै कांग्रेसले अशोक राईलाई भावी सभामुखको रुपमा अघि सार्ने स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *