Loading...
एमाले र माओबादि गठबन्धन अराजक बन्दै, मन्दिर, मूर्ति, गुम्बा, मस्जिदहरू’ भत्काउने निर्णय !

– किशोर राणा

विश्वबाट कम्युनिष्ट व्यवस्थाहरू लोप भइरहेका बेला नेपालमा भने एमाले र माओवादी केन्द्रले साम्यवादी ल्याउने सोँच बनाएका छन् । उनीहरू त्यही योजनाका साथ अग्रसर भएका छन् ।

कम्युनिष्टहरूको लक्ष्य भनेकै साम्यवाद हो । कांग्रेसलाई भुलभुलैयामा पारेर बेलाबेला गुमराहमा पर्ने प्रयास एमाले र माओवादीले गरेका हुन् । कांग्रेसले आफ्नो बाटो भुल्ने प्रयास गरेको थियो । कांग्रेसका कार्यकर्ता र नेताहरूको दवावबाट सचेत हुने गरिएका थिए ।

अहिले नेपालमा ल्याउन लागिएको साम्यवादी व्यवस्था नेपाली जनताका लागि ठूलो आघात हुनेछ । कम्युनिष्टहरूको साम्यवाद व्यवस्था आयो भने नेपालका सबै भवगानका मूर्तिहरू भत्किने छन् । कम्युनिष्टहरूले सबैभन्दा पहिला धर्मप्रति प्रहार गर्छन् ।

अफ्गानिस्तानमा तालेवनले बुद्धका मूर्तिहरू भत्काईदिएका थिए । उनीहरूले आफ्नो मुस्लिम धर्मबाहेक अरु कसैलाई ठाउँदिएनन् । त्यस्तै कम्युनिष्टहरू आफ्नो साम्यवादी व्यवस्था ल्याए भने हिन्दूधर्ममाथि पहिलो प्रहार हुनेछ । त्यति मात्रै होइन भक्तपुरको साँघामा बनेको शिवको मूर्तिलाई पनि ढालिनेछ ।

माओत्सेतुङ, लेनिन, स्टालिन, माक्सले पनि कम्युनिष्ट व्यवस्था ल्याउन यस्तै उत्पातहरू मच्चाएका थिए । उनीहरूले पुराना संरचनाहरू ध्वस्त बनाएका थिए । उनीहरूबाट सिकेका कम्युनिष्टहरूले त्यही ध्वंसलाई फेरि नेपालमा प्रयोग गर्दै छन् ।

जनताको अधिकार खोसिनेछ । उत्तर कोरियामा जस्तै अधिनायकवाद लागू हुनेछ । कांग्रेसले कम्युनिष्टहरूको साम्यवादी व्यवस्था र उनीहरूको योजना त्यसै बिरोध गरेको होइन । प्रचण्ड र केपी ओलीले कुटिल योजनाका साथ नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउन तयारी गरिरहेको माओवादी र एमालेका नेताहरूले नै बताउँछन् ।

यसअघि पनि एमालेले नेपाललाई साम्यवादी व्यवस्थामा लैजाने भनेर बजेटका नीति तथा कार्यक्रम पनि ल्याएको थियो । ती कार्यक्रमहरू लागु हुन सकेनन् । अब एमालेले माओवादीलाई साथमा लिएर आफ्नो योजना पूरा गर्ने भएको छ । प्रचण्ड पनि त्यो अभियानमा सक्रिय भएर लागेका छन् ।

विश्वबाट लोप हुँदै गएको कम्युनिष्ट व्यवस्थालाई ओली र प्रचण्डको सन्काहटबाट उत्तर कोरियाको जस्तो व्यवस्था ल्याउन लागेका हुन् । यो विषयलाई नेपाली जनताले समयमा बुझ्नु पर्छ । होइन भने देश नै रहँदैन । देश नै रहेन भने जनताको अधिकार रहने कुरै आउँदैन । कम्युनिष्टरूलाई यसै बेला ठेगान लगाउनु पर्छ ।

(लेखकका निजी बिचार हुन्)

nepalpana.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *