
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हाम्रा नाराहरूः
१) यथास्थिति, प्रतिगमन तथा देशमा विद्यमान सबैखाले विभेद अन्त्यका लागि संविधान संशोधन गरौँ,
पहिचान सहितको सङ्घीयता, समतामुलक समृद्धि र सुशासनका लागि मसाल चिन्हमा मतदान गरौँ !
२) पहिचान सहितको सङ्घीयता, समानता र सहअस्तित्व हाम्रो अभियान,
समतामुलक समृद्धि, विकास र सुशासनका लागि मसाल चिन्हमा मतदान ।
३) सङ्घीय समाजवाद हाम्रो सङ्कल्प, ससफो नेपाल राष्ट्रिय विकल्प ।
४) पहिचान सहितको सङ्घीयता राष्ट्रिय एकताको आधार,
समता, समृद्धि र सुशासनका लागि ससफोको सरकार ।
५) ससफो नेपालको चाहना, समृद्ध नेपालको स्थापना ।
६) ससफो, नेपालको जोडदार आवाज, भ्रष्टाचारमुक्त नेपाली समाज ।
७) नेपालीको शान मसालमा मतदान, ससफोको जीत सबैको सम्मान ।
८) सङ्घीय शासन र समावेशी राज्य, समतामूलक समृद्धि ससफोको लक्ष्य ।
९) जातीय मुक्तिका लागि सङ्घीयता, वर्गीय मुक्तिका लागि समाजवाद,
राष्ट्रिय पहिचान र समृद्धिका लागि ससफो नेपालको सरकार ।
१०) पहिचान सहितको सङ्घीयता, ससफो नेपालको प्रतिवद्धता ।
११) मसाल चिन्हमा मतदान गरौँ, राष्ट्रिय पहिचान स्थापित गरौँ ।
१२) युवा अघि लम्कन्छ, मसाल चिन्ह चम्कन्छ ।
१३) सबैका लागि शिक्षा, स्वास्थ्य सबैका लागि न्याय निशाफ,
ससफोको सङ्कल्प यो, विभेदमुक्त नेपाली समाज ।
१४) मसाल चिन्हमा भोट हालौँ, जनशक्ति प्रदर्शन गरौँ ।
१५) विभेद अन्त्यका लागि सङ्घीय शासन, आफ्नो भूमिमा आफ्नै स्वशासन ।
राष्ट्रिय पहिचानको रक्षा गर्न ससफो नेपाललाई विजयी गराऔँ ।
१६) भ्रष्टाचार मुक्तिको एक मात्र आधार, सुशासन र सदाचार,
विकाशमा दुरदृष्टिका लागि मसाल चिन्हमा मतदान गरौँ ।
१७) मातृभाषामा शिक्षा जन्मसिद्ध अधिकार, मानव विकासको मूल आधार ।
ज्ञान, विज्ञान र समृद्धिका लागि मसाल चिन्हमा मतदान गरौँ ।
१८) साझा राज्य स्वायत्त प्रदेस, समतामूलक समृद्ध देश ।
सबै जातिको सहअस्तित्वका लागि मसाल चिन्हमा मतदान गरौँ ।
१९) शिक्षा, स्वास्थ्य र रोजगार, जनताको मौलिक अधिकार ।
देशको युवाशक्तिलाई विदेश पलायन हुनबाट बचाउन मसाल चिन्हमा मतदान गरौँ ।
२०) महिला, पुरुष र यौनिक अल्पसङ्ख्यक, बहुल राष्ट्रियता साझा देश ।
केन्द्रमा साझा राज्य र प्रदेशहरूमा स्वायत्त राज्यका लागि मसाल चिन्हमा मतदान गरौँ ।
२१) नेपाली जनताको एक आवाज, सङ्घीय समाजवाद जिन्दावाद! जिन्दावाद !
Facebook Comments