Loading...
प्रचन्डले गराएका बाँदरमुँदे घटनाका पीडितलाई न्याय दिलाउँछु फोरम नेपालका उम्मेदवार निराला

चितवन २३, कात्तिक । वाम गठबन्धनका उम्मेदबार पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदबारी दिएर संघीय समाजवादी फोरम नेपालका प्रत्यासी अजय निराला यतिबेला निकै चर्चामा छन् । चितवनको निर्वाचन क्षेत्र ३, बाट फोरम नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदबार निराला प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बाँदरमुँढे घटनाका पीडितहरुलाई न्याय दिलाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले घटनाका मुख्य दोषि प्रचण्डसँग चितवनबाट चुनाव लड्ने नैतिक आधार नरहेको टिप्पणी गरेका छन् । २०६२ जेष्ठ २३ गते तत्कालीन माओवादीले थापेको विद्युतिय एम्बुसमा परी बसमा सवार ४१ जनाको ज्यान गएको थियो ।

सेना समायोजनका नाममा माओवादीले करोडौं रुपैया सरकारबाट बुझेपनि माओवादी लडाकुहरु बिचल्लीमा परेको भन्दै फोरम नेपालका उम्मेदबार निरालाले भने,– ‘बाँदरमुँढे घटना र माओवादी लडाकुको पैसामा भ्रष्टाचार गरेकोले माओवादीप्रति जनतामा आक्रोश छ, यसकारण पनि प्रचण्डको जित्ने सम्भावना छैन ।’

बाँदुरमुँदे घटनाका पीडितलाई न्याय दिलाउनु, चितवनलाई देशको राजधानी बनाउने, शैक्षिक तथा कृषिको हब चितवनलाई बनाउने आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए । चितवनको ग्रामीणदेखि शहरी क्षेत्रमा पार्टी संगठन निर्माणमा सक्रिय भएर लागेका निरालाले फोरम नेपालप्रति जनतामा आकर्षण बढ्दै गएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *