Loading...
कांग्रेस र वामका दुईजना उम्मेदबार मन्त्रीस्तरका भएपनि फोरम नेपालका उम्मेदबार यादव अगाडि

रुपन्देही २३, कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जीतका लागि उम्मेदबारहरुको दौड जारी छ । अन्य ठाउँ जस्तै रुपन्देहीमा पनि चुनावी माहोल तातिएको छ । खासगरी, रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १, मा दलीय प्रतिस्पर्धा रोचक बन्दैछ ।

रुपन्देही १ मा संघीय समाजवादी फोरम नेपालको तर्फबाट विद्या यादव, नेपाली कांग्रेसका अब्दुल रज्जाक, वाम गठबन्धनका छविलाल विश्वकर्मा चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेस उम्मेदबार रज्जाक बहालबाला खानेपानी तथा सरसफाई मन्त्री हुने भने वामका विश्वकर्मा पूर्वकृषि मन्त्री हुन् । कांग्रेस र वामका दुई जना उम्मेदबार मन्त्री स्तरका भएपनि उनीहरु दुवैजना भन्दा फोरम नेपालका उम्मेदबार यादव अगाडि देखिएका छन् ।

‘कोई पूर्वमन्त्री होस् वा बहालवाला, निर्वाचनमा त्यसले केही फरक पार्दैन । चुनाव उसैले जित्छ, जो जनतामा लोकप्रिय छ’– फोरम नेपालका उम्मेदबार यादवले भने । जनताको जनमत आफूसँग रहेको विश्वास व्यक्त गर्दै यादवले चुनाव जित्ने दाबी गरेका छन् ।

एक लाख दश हजार मतदाता रहेको सो निर्वाचन क्षेत्रमा मधेशी, मुश्लिम र थारु गरी करिब सत्तरी हजार मतदाता छन् । मधेश आन्दोलनको उर्बरभूमि मानिएको सो क्षेत्रमा यसअघि फोरम नेपालका उम्मेदबार यादवले अग्रणी भूमिका निर्वाह गरेका थिए । क्षेत्र नं. १ को पार्टी संगठन र जनतामा लोकप्रिय छवि बनाएका यादवले पछिल्लो समय चुनावी प्रचारप्रसारलाई आक्रमक बनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *