Loading...
के पी वलीको नेतृत्वको कालमा एमालेको बढ्दो आकर्षण, बिस्तार र प्रभाव !

के पी वलि एमालेको अध्यछ्य निर्बाचित भएको पहिलो दिन देखि नै देशभरका अन्य राजनीतिक समूहहरू र दलहरूका नेताहरू र कार्यकर्ताहरू दिनानुदिन ठुलो संख्यामा एमालेमा प्रवेश गरिरहेका छन्. यहि क्रममा बिक्रम सम्बत १९९३ सालमा स्वर्गीय राजनीतिज्ञ तथा भुतपुर्ब प्रधानमन्त्री टंक प्रशाद आचार्यको नेतृत्वमा स्थापित नेपाल प्रजापरिषद जस्तो देशको सबभन्दा पुरानो राजनीतिक दल समेत अहिले भर्खरै एमालेमा बिलय भएको खाबर पढ्नमा आएको छ. यस्तो राजनीतिक परिश्थितीबाट अब देशमा ठुलो परिबर्तनहरूका स्पष्ट सम्भावनाहरू तयार बन्दै गईरहेका छन्.

टंक प्रशाद आचार्य तिनै नेता हुन्, जसले आफु प्रधानमन्त्री भएको समयमा नेपालको मन्त्रीपरिषदको बैठकमा भारतीय राजदूत उपस्थित हुने २००७ साल देखिको परम्परालाई अन्त्य गरे. उनले नै उक्त राजदूतलाई आईन्दा नेपालको मन्त्रीपरिषदको कुनै पनि बैठकमा प्रवेश गर्न र भाग लिन प्रतिबन्ध लगाएका थिए, जुन परम्परा बि पी कोईराला गृह मंत्री हुँदा सुरु भएको र मातृका प्रशाद कोईराला प्रधानमन्त्री हुँदासम्म एउटा परम्परा बनेको थियो.


–           दीपक मनराल

किन के पी वलीकै पालामा एमाले प्रति यती धेरै आकर्षण बढेको हो त ? कारण स्पष्ट नै छ. त्यस्ता कारणहरू यी हुन्:
—–
(१) संबिधान निर्माणको क्रममा के वलीले देशको राष्ट्रीय अखंड़ता र सामाजिक अखण्डताको पछ्यमा निर्भिक रुपमा कत्ती पनि बिचलित नभईकन चट्टानी अडान प्रदर्शन गरेको.
—–
(२) भारतीय नाकाबन्दीको समयमा कत्ती पनि बिचलित नभैकन र आफ्नो प्रधानमन्त्रीत्व गुम्ने चिन्ता पटक्कै नलिएर राष्ट्रीय स्वभाभिमानको चट्टानी अडान लिएको.
——
(३) एमालेको पाँचौ महाधिबेशनद्वारा अत्यधिक बहुमतले पारित गरेको जनताको बहुदलिय जनबाद (जबज) जननेता मदन भण्डारीको हत्या पछी पार्टीमा स्थपित शिर्ष २ जना नेताहरूले पुरै शुषुप्त अवस्थामा मात्र राखेका थिए. पार्टी भित्र जबज बारेमा कुनै कार्यक्रमहरू संचालन गरिएन. त्यो अवस्था २२ बर्ष सम्म रह्यो. के पी वली एमाले अध्यछ्य निर्बाचित भए पछीको एमालेको परिस्थतीमा त्यसरी बिगत २२ बर्ष देखि तत्कालिन पार्टी शिर्ष नेतृत्वले शुशुश्प्त अवस्थामा मात्र राखेको जबजलाई पुन:जागृत गर्ने काम गरे पछी एमाले ईतर मानिसहरूमा समेत जागृती छायो. अहिले त्यही पुन:जागृत जबजले धेरै मानिसहरूको ध्यान आकर्षण गरेको छ. त्यही भएर अन्य दलहरूबाट त्यत्रा संख्यामा नेताहरू र कार्यकर्ताहरू एमालेमा धमाधम प्रवेश गरिरहेका छन्.
———————
यसरी, अहिलेसम्म, देशका प्राय सबै जसो साना राजनीतिक दलहरु र समुहहरु तथा चिनिएका तथा गनिएका ब्यक्तीत्वहरु एमालेमा सामेल भएर एमालेको देशभक्तिपूर्ण राजनीतिक महाअभियानमा सहभागी बनेका छन्. यस्तो राजनीतिक परिश्थितीबाट अब देशमा ठुलो परिबर्तनहरूका स्पष्ट सम्भावनाहरू तयार बन्दै गईरहेका छन्. यस्तो परिस्थिती निर्माण हुनु भनेको के पी वलीको राजनीतिक कुशलताको प्रमाण हो. यसरी, के पी वलीको नेतृत्वको कालमा एमालेको बढ्दो आकर्षण, बिस्तार र प्रभाव अत्यधिक बढेको छ र त्यो क्रम निरन्तर जारी रहने संकेतहरू देखिएका छन् !
======================

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *