Loading...
मधेश बिरोधीहरुलाई चुनावमा धुल चटाएपछि मात्र मधेशीले सफलता पाउने छ : अनिल झा
नरेन्द्र साह,रौतहट, २३ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं पूर्व मन्त्री अनिलकुमार झाले विगतमा भएका कमीकमजोरीलाई विर्षेर आफना अधिकार प्राप्तको बाटोमा हिड्ने दललाई सहयोग गर्नुपर्ने बताएका छन् ।
रौतहट सदरमुकाम गौरमा विहीवार आयोजित पत्रकार सम्मेलनमा झाले क्षेत्र नं. १ सहित तराई मधेशका जिल्लाहरुमा राजपा फोरम गठबन्धनका नेताहरुलाई जिताएर संविधान संशोधनको बाटोलाई खुकुलो पार्न समेत अपिल गरेका छन् । उहाँले संविधान संशोधन गरेर मधेशीको अधिकार स्थापित गराउन अहिलेको निर्वाचन सुनौलो अवसरको रुपमा आएको हुँदा मधेशवादीको पक्षमा मतदान गर्न मधेशी जनताहरु संग आग्रह पनि गरेका छन् ।
रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका झाले आफू उच्च प्राथमिकताका साथ जनताको माग, आग्रहलाई सम्मान गर्दै र आफ्नो जन्म भुमि नाताले क्षेत्र नं.१ चुनाव लडन आएको झाले प्रष्ट पार्नु भयो । राजपा र फोरम गठबन्धनको निर्देशनलाई उल्लङघन गरी केहि साथीहरु बागिको रुपमा उम्मेदवारी दिएको प्रसंगमा बोल्दै झाले लोकतन्त्रमा कसैले कसैमाथि रोक लगाउनु, दबाब दिनु, नमिल्ने भन्दै केहि कारणबस रुष्ट र असन्तुष्ट भएका साथीहरुलाई आफुलाई सघाउन आफु साकारात्मक पहल गरिरहेको र उहाँ चाडै आफु र गठबन्धनप्रति साकारात्मक हुने संकेत गर्नुभयो ।
मधेश आन्दोलनको क्रममा सिमामा नाकाबन्दी होस वा मधेशी जनताको विर सपुतहरु अधिकारको लागि सहादत प्राप्त गरेका कुरालाई मनन गर्दै सहिदको सपना सकार पार्नको लागि राजपा फोरम गठबन्धनलाई जिताउन नितान्त जरुरी रहेको उनले बताए । सत्ता स्वार्थलाई त्यागेर राजपा र फोरमले मधेशको सच्चा पहरेदार बनी निरन्तर रुपमा संघर्षको बाटोमा अघि बढिरहेको चर्चा गर्दै नेता झाले निर्वाचन पनि संघर्षकै पाटो रहेको हुँदा यस संघर्षमा मधेशवादीको जितलाई सुनिश्चित पर्न आम मधेशी जनताको नैतिक दायित्व रहेको समेत उनले प्रष्ट्रयाए ।
सो कार्यक्रममा क्षेत्र नम्वर १ को प्रदेश १ मा राजपाका उम्मेदवार बाबुलाल साह कानु र प्रदेश २ बाट उम्मेदवार भएका फोरम उम्मेदवार योगेन्द्र यालवले मधेशी जनताको आन्दोलनमाथि गोली चलाउने र दमन गर्ने मान्छे मधेशको मसिहाह हुनै नसक्ने भन्दै यादवले कांग्रेस, माओवादि, एमाले मधेशीको भलो गर्ने पार्टी नभएको आरोप लगाउनुभयो । विपक्षी पार्टीप्रति लक्षित गर्दै यादवले भन्नुभयो ।‘आन्दोलनकारीलाई गोली ठोक्नेले अहिले आएर म मधेशी जनताको पक्षमा छु भनेर भन्नु हाँस्यस्पद कुरा हो, यो कुरा जनताले अब पत्याउनेवाला छैनन, उनलाई साँच्चिकै भन्ने हो भने पनि नैतिक रुपमा मत माँग्ने अधिकार छैन ।’
मधेश मधेशीको पक्षमा निरन्तर आफनो जिवन समर्पित गरेर यहाँ सम्म आएको चर्चा गर्दै यत्रो ठूलो सहादत भएका मधेशी विर सपुतहरुको सपना पुरा गराउने वेलामा अरुलाई मतदान गर्दा सहिदलाई अपमान गर्नु सरह भएको हुँदा राजपा फोरम गठबन्धनको पक्षमा मधेशी जनताहरुले साथ दिने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा पुर्व सभाषद डा.डिम्पल झाको पनि विशेष उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *