Loading...
एमालेका सन्त, जोगी तथा गरिब नेता लालबाबुले कहाबाट निकाले ४८ लाख नगद ? यस्तो छ रहस्य

मोरङ। भष्ट्राचार विरोधी नेता भनेर एमालेले चर्चामा ल्याएका नेता लालवावु पण्डितले मन्त्रीपरिषदमा रहदा बुझाएको सम्पति विवरणका बारेमा मोरङ ६ मा यतिवेला व्यापक चर्चा हुन थालेको छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा  सामान्य प्रशासनमन्त्री बनेका पण्डितले ४८ लाख रुपैया वैक मौज्जाद रहेको सम्पति विवरण पेश गरेका थिए ।

चुनावी खर्च जुटाउने क्रममा मोरङ ६ को वुढीगंगा गाउँपालिकामा कार्यकर्तासँग चुनावी खर्च माग्न जादा यो कुरा बाहिर आएको हो । जुन अहिले मोरङका ओली पक्षका कार्यकर्ताहरुले यसलाई मुद्धा बनाइरहेका छन ।

भष्ट्राचार नगर्ने सन्त नेताले कहाँबाट यति ठूलो रकम  वैकमा राखे त्यो प्रश्नको हिसाव किताव कार्यकर्ताहरुले खोज्दैछन । त्यही वेला मन्त्रीपरिषदमा रहेका मन्त्रीले बुझाएको सम्पति विवरणमा सवैभन्दा बढी नगद लालवावुसँग देखिएपछि चर्चाको बिषय बनेको थियो  ।

वैंकमा राखेको रकम झिकेर चुनाव खर्च जुटाउन कार्यकर्ताले नेता पण्डितलाई सुझाव दिइरहेका छन ।

स्रोतका अनुसार वुढीगंगाका कार्यकर्ताले सम्पति विवरणको कुरा उठाएपछि उनलाई कार्यकर्ताबाट खर्च जुटाउन गारो परेको छ ।

सम्पति विवरणको कुरा बाहिर निस्किएपछि उनी यतिवेला विवादमा फसेका  छन । एमालेका एक कार्यकर्ताले भने, ‘ पैसा छैन भन्नु हुन्छ हाम्रा कामरेड ४८ लाख रुपैया वैकमा कहाँवाट आयो ? काठमाण्डौको भैसेपाटीमा करोडौ मूल्य पर्ने जग्गा कहाँबाट आयो ? यसको स्रोत खुलाउनु पर्यो अन्यथा घुस नखाने नेता भन्न मिल्दैन। वुढीगंगाको कार्यक्रममा एक कार्यकर्ताले पण्डितसँग प्रश्न गरे ।

लालवावुको नाममा वैंकमा रहेको २० लाख रुपैया तथा प्रदेशका उम्मेदवार रमेश पोखरेल र प्रचण्डका ज्वाँई जीवन आचार्यसँग २०-२० लाख रुपैया मागेर चुनावी खर्च जुटाउन कार्यकर्ताले उनलाई सुझाव दिए।

कार्यकर्ताहरुको यस्तो रुखो जवाफ आउन थालेपछि उनी मौन बसेका छन ।  त्यही वेला एमाले नेता योगेश भट्टराईले साइकल चढेरै ४७ लाख रुपैया वैकमा जम्मा गर्न सफल भए हाम्रा मन्त्री भनि लालवावुलाई व्यङग्य गरेका छन्।

पण्डित यतिवेला काठमाण्डौमा ५० हजार मासिक घरभाडा लिएर बसेका छन् । सांसद पद समेत नरहेका लालवावुले आलिसन फ्ल्याट लिएर खर्च जुटाउने आधार के हो त्यो प्रश्न पनि उठिरहेको छ ।

विदेशमा वस्ने नेपालीहरुबाट प्रति व्यक्ती १ सय रुपैया खर्च जुटाइरहेको बताउदै आएका पण्डितलाई पीआर पाएका नेपालीहरुले सहयोग नगर्ने भैसकेका छन्।

तत्कालीन उपसचिव भरत सुवेदीलाई वर्खास्त गराउनकै लागी उनले पीआर पाएकाले सरकारी नोकरीबाट हात धुनुपर्ने नीति बनाएका थिए । ऐन आएपछि सुवेदी पनि वर्खास्त भए ।

पूर्वमन्त्री पंडित भष्ट्राचार विरोधी नेता भनेर चर्चामा आएपनी ४८ लाख रुपैयाको स्रोत के हो ? जनताका माझमा प्रश्न उब्जीएको छ ।

उता आचार्य माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको ज्वाई भएकै कारणले प्रदेश सभाको (क) बाट  टिकट पाएका छन् । हैन भने उनको राजनीतिक व्याकराउन्ड के हो भन्ने सबैलाई थाहा भएकै कुरा हो ।

आचार्यले टिकट पाउने ठाँउमा बर्षैदेखि पार्टीमा लगानी गरेका गोली खाएका पिडित र ईमान्दर कार्यकर्ता ओझेलमा परेको कार्यकर्ता माझ विश्लेष्ण गर्न थालिएको छ ।

वामगठबन्धनबाटै प्रदेश (ख) मा टिकट पाएका रमेश पोखरेलको उम्मेदवारीमा एमाले कार्यकर्ताले चित्त बुझाएका छैनन ।

पोखरेल सहकारी संचालक हुन । राजनीति गर्ने त्यगी कार्यकर्तालाई पन्छाएर सहकारी संचालन गर्नेलाई प्रदेशको उम्मेदवार बनाएकोमा ओलीपक्षका कार्यकर्ता रुष्ट देखिएका छन ।

hamrakura.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *