Loading...
काँग्रेसकालागि दुई छोरा गुमाएका काँग्रेसका बफादार सिपाहि जोगि सहनी फोरम नेपालमा प्रवेश

संजय सहनी रौतहट कार्तिक २० । नेपाली काँग्रेसका रौतहट जिल्ला कार्य समिति सदस्य एवं पूर्व मुखिया जोगि सहनीले पार्टी परित्याग गरी संघीय समाजवादि फोरम नेपाल मा प्रवेश गर्नु भएको छ । आज सोमवार आफ्नै निवासमा भएको पत्रकार सम्मेलन मार्फत सहनीले पार्टी परित्यागको घोषणा गर्नु भएको हो ।

४० वर्ष देखि काँग्रेस पार्टीमा लागि र पार्टीको हरेक क्रियाकलापमा बफादार सिपाहिको रुपमा सर्पित रहेको सहनीलाई पार्टीले कुनै वास्ता नगरेपछि र पार्टीको विधान विपरीत कार्य गरी कार्यकर्ता माथि तनासाहि गर्दै नोकर जस्तो व्यवहार गरेको आरोप लगाउँदै सहनीले पार्टी परित्याग गरेको बताएका छन् ।
काँग्रेस पार्टीमा रहेका कारण माओवादि द्धन्द्धकालमा दुई छोरा गुमाएका सहनीले आफूले काँग्रेसबाट धन र धर्म दुबै गुमाएको दुखेसो पोख्दै पार्टीको सधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग र राजिनामा दिएको प्रेस विज्ञप्ती मार्फत जनाउनु भएको छ ।
अबको जीवन फोरम नेपालमै बिताउने र हुने प्रदेश सभा सदस्य चुनावमा आफ्नो क्षेत्रको प्रतिनिधि तथा उम्मेदवार किशोरी यादवलाई सघाउने प्रतिबद्धता व्यस्त गर्दै सहनीले परित्याग गरेको विज्ञप्तीमा उल्लेख छ । सहनीलाई फोरम नेपालका केन्द्रिय सदस्य एवं उम्मेदवार किशोरी यादवले माला र अबिर लगाई पार्टीमा प्रवेश गराएका छन् ।
स्मरणीय होस् कि द्धन्द्धकालमा माओवादिले आफ्नो सुराकि रहेको आरोप लगाउदै काँग्रेस पार्टीमा आबद्ध सहनीका दुई निर्दोश छोरालाई अपहरण गरी निर्मम हत्या गरेका थिए ।

aajtakmadhesh.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *