
नरेन्द्र साह, रौतहट। कात्तिक २४ रौतहटको जिल्ला समन्वयन समितिको निर्वाचन आज शुक्रबार शान्तिपुर्ण सम्पन्न भएको छ ।
जिल्ला समन्वयन समितिको कार्यालयको प्राङ्गणमा भएको निर्वाचनमा काङ्ग्रेसले सभापति र उपसभापति पदमा फोरमले जित हसिल गरेको छ।
काङेश फोरम गठबन्धन सहित चुनावमा होमिएपछी जिल्ला समितिमा रा ज पा र माओवादी पार्टीको पतासाफ भएको छ।सभापतिमा नेपाली काङ्ग्रेसका राम एकवाल यादब र उपसभापतिमा फोरमका राम आशिष राय यादब बिजय हुनु भएका छन् ।
सदस्यमा काङ्ग्रेसका तर्फबाट इन्द्र देबि महिला सद्स्री,धनमन्ती देबि,बचु साह कानु,अशोककुमार झा बिजय हुनु भएका छन् ।त्यसै गरि फोरमका तर्फ बाट सद्स्यमा नबिजन खातुन,राम ईश्वर यादब,बिजय भएको अधिकृत कृति सुबेदीले जानकारी दिनु भएको छ।
Facebook Comments