Loading...
चुनावको मुखैमा कोहलपुरमा नेता ओलीमाथि गोली प्रहार, नेपाल प्रहरीले गर्यो यस्तो दाबी

प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकै आईरहेका बेला कोहलपुरमा  नेता ओलीमाथी गोली प्रहार भएको छ ।

 

 

अज्ञात समूहले राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि कोहलपुरमा गोली प्रहार गरेको हो । अज्ञात समूहले विहीवार राती करिव ९ बजे भौतिक आक्रमण पछि गोली प्रहार गरेको थियो ।

निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि विहीबार राति कोहलपुरस्थित उनको निवासमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

पेस्तोलले हाने पनि गोली उनको शरिरमा नलागेकोले दुर्घटना हुन नपाएको उनले बताए । उनको घरमा नागरिक अस्पताल समेत छ । अस्पताल यहि हो भनेर सोधेको र ढोका खोल्ने क्रममा अपरिचित व्यक्तिले गोली प्रहार गरेको पीडित ओलीले बताए ।

गोली प्रहार भएको बारे अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताए । घटना स्थलबाट स्थानीयले पेस्तोलको गोली फेला पारेर प्रहरीलाई बुझाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *